Logo
६ बैशाख २०८१, बिहीबार
(January 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोषिकाबाट चीनमा जन्माइयो बाँदर जोडी

चीनमा कोषिकाबाट बाँदर जोडी जन्मिएका छन् । सन् १९९६ जुलाइ ५ मा स्कटल्यान्डको जीवजन्तुबारे अध्ययन गर्ने एक संस्थाले ‘रोसलिन संस्थाल’ र ‘डोेली’ नामक एक जोडी भेडामा ‘क्लोनिङ’(कोषबाट उस्तै जन्माउने)को परीक्षण गरेको थियो । उक्त परीक्षण सन् २००३ फेब्रुअरी १४ का दिन संसारकै लागि प्रथम क्लोनको रूपमा सफल भएको थियो । सो परीक्षण जीवविज्ञानका लागि ठूलो उपलब्धि थियो भने संसारका लागि वरदान वा अभिशाप भन्ने दुविधा जन्माएको थियो ।

पुनः यही पद्धतिको प्रयोग गरी चीनले मेक्याक प्रजातिको एक जोडी बाँदरको ‘क्लोन’ बनाएको छ । जंग जंग ८ हप्ता र ह्वा ह्वा ६ हप्ताअघि चाइनिज एकेडेमी अफ साइन्समा जन्मिएका हुन् । चीनको प्रयोगशालामा जन्मिएका जंग जंग र ह्वा ह्वा नामका जोडी बाँदर ७९ औँ प्रयासमा क्लोनिङ गर्न सफल भएको एजेन्सीले जनाएको छ । अनेकौँ प्रयास र पद्धतिको अभ्यासमा यो जोडी बनेको क्लोनिङमा संलग्न डाक्टर सनले बताए । यूएस नेसनल इन्स्टिच्युट अफ हेल्थले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै क्लोनिङ भएको जनाएको छ ।

क्लोनहरू भविष्यमा क्यान्सर, इमिन्यु डिसअर्डर, पाचनप्रणली जस्ता रोगको लागि परीक्षण गरिने चाइनिज एकेडेमी अफ साइन्स इन्टिच्युट अफ न्युरोसाइन्सका च्याङ सनले बताएका छन् । क्लोन बाँदरलाई बोतलबाट खुवाइने गरेको छ । उनीहरूको शारीरिक विकास सामान्य गरिकाले भइरहेको जनाइएको छ ।

अध्ययनका सह–शोधकर्ता डाक्टर ममिङ पूका अनुसार उनीहरू अध्ययनका क्रममा मानव जातिको क्लोनिङ गर्ने वा नगर्ने भन्नेकुरा वैज्ञानिकको नैतिक मान्यतामा भरपर्ने बताए । कतिपय आलोचकका अनुसार यसले संसारमा मानव जातिको पनि क्लोनिङ हुने सम्भावनालाई नजिक ल्याएको बताए । तर, यसका कारण नैतिक तथा प्राकृतिक प्रक्रियामा अवरोध पुग्ने चिन्ता पनि उनीहरूको छ ।

प्रकाशित मिति: Jan 27, 2018

प्रतिक्रिया दिनुहोस्