Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५२ बर्षको उमेरमा वडासदस्यको निधन

कपिलवस्तु : हृदयाघातका कारण यहाँ नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ ।

वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । मृतक खनालका दुई श्रीमती, एक छोरी र दुई छोरा छन् । उनको शुक्रबार बिहान रामघाटमा दाहसंस्कार गरिने एमालेका जिल्ला सदस्य युवराज पोख्रेलले जानकारी दिए।

खनालको निधनप्रति एमाले कपिलवस्तुले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष झविलाल पोख्रेलद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरिएको हो ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्