Logo
८ बैशाख २०८१, शनिबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले टुंगो लगायो २९ उम्मेदवार तर परेन एउटा पनि मधेशी (नामावलीसहित)

काठमाडौं : नेकपा एमालेले राष्टिय सभाका लागि आफ्ना २९ जना उम्मेदवारहरु टुंगो लगाएको छ । तर उक्त सुचिमा एउटा पनि मधेशी परेको छैन । मधेश भनेर चिनिएका प्रदेश नम्बर २ बाट समेत प्याकुरेल थरका उम्मेदवारलाई चुनावमा लडाउने निर्णय एमालेले गरेको हो । एमालेले ७ वटै प्रदेशबाट माओवादी केन्द्रसँग भएको तालमेल सहमतिअनुसार २९ उम्मेदवारको टुंगो लगाएको हो ।

एमालेले सोमबार १३ उम्मेदवारको टुंगो लगाएको थियो भने मंगलबार बाँकी १६ उम्मेदवारको टुंगो लगाएको हो । एमालेले राष्टिय सभा निर्वाचनमा उत्साहका साथ सहभागी भई वाम गठबन्धनका उमेदवारहरुलाई जिताउन केन्द्रित हुने निर्णय समेत गरेको सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तालमेल सहमतिअनुसार माओवादी केन्द्रले १४ र एमालेले २९ सिटमा उम्मेदवार उठाउन लागेको हो ।

यस्तो छ, नामावली : 

प्रदेश नं १ :
नैनकला ओझा (महिला), मोरङ, खेम नेपाली ( दलित), मोरङ, हरिचरण सिवाकोटी (खुला), झापा, परशुमेघी गुरुङ (खुला), संखुवासभा, र अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश नं २ :
सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश नं ३ :
पार्वती रावल (महिला), चितवन, उदया शर्मा ( महिला), काठमाडौ, सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक, वलराम बाँस्कोटा (खुला), काठमाडौं, बेदुराम भुसाल (खुला) ,काठमाडौं, र रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

प्रदेश नं ४ :
रामबहादुर थापा (अपांगता), स्याङ्जा, गणेश तिमिल्सिना (खुला), पर्वत, शान्ति अधिकारी (महिला), बाग्लुङ र दीपा गुरुङ (महिला), लमजुङ

प्रदेश नं ५ :
रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा (महिला), रोल्पा र . कोमल वली (महिला), दाङ

प्रदेश नं ६ :
कविता बोगटी (महिला), हुम्ला, नन्दा शर्मा ( महिला), सुर्खेत, नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट, ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७ :
कमला ओली (महिला), कैलाली, इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, . शेरबहादुर कुँवर (खुला), अछाम र चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

 

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्