Logo
७ बैशाख २०८१, शुक्रबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिनी ट्रक दुर्घटना, १ को मृत्यु ३ गम्भीर

नुवाकोट : पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना.२ क ५३७५ नंं. को मिनी ट्रक दुर्घटना हँुदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । शवपरीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । दुर्घटनामा गाडी चालक ककनी गाउँपालिका–४ का २५ वर्षीय कुमार तामाङ, सोही स्थानका १७ वर्षीय किरण लामा र सहचालक किस्पाङ गाउँपालिकाको १७ वर्षीय कुमार तामाङ घाइते भएकाले ग्रिन सिटी अस्पताल काठमाडाँैमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रनाउ रेग्मीका अनुसार उनीहरुको अवस्था गम्भीर छ ।

निर्माण सामग्री लिन बट्टार आउँदै गरेको मिनी ट्रक तीव्र गतिमा भएकाले असन्तुलित भई दुर्घटना हुँदा सडकबाट ८० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्