Logo
१२ बैशाख २०८१, बुधबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को सरकार गठन तयारी : यसरी हुदैछ, अंकगणितका अधारमा भागबण्डा

काठमाडौं : समानुपातिक तर्फको प्रदेश सांसदहरुको निर्वाचन परिणामसंगै संघिय समाजवादी फोरम र राष्टिय जनता पार्टी नेपाल प्रदेश नम्बर २ का लागि सरकार बनाउने तयारी थालेको छ । तर यसका लागि मधेश गठबन्धनले एमाले वा कांग्रेस मध्ये कुनै एक शक्तिसंग गठबन्धन गर्ने गृहकार्य समेत थालेको छ । जम्मा १०७ सिट संख्या रहेको प्रदेश नम्बर २ मा राजपा फोरमको बहुमत रहेको छ । जसमध्ये फोरमले मुख्मन्त्री र राजपाले उपमुख्यमन्त्री समेत महत्वपुर्ण मन्त्रालयहरु लिएर सरकार बनाउने तयारी थालेका हुन् ।

फोरमको मुख्यमन्त्री, राजपाको उपमुख्यमन्त्री समेत सभामुख
गठबन्धन अनुसार हाल रहेको ७ ओटा मन्त्रालय अन्तरगत मुख्यमन्त्री समेत ३ ओटा मन्त्रालय फोरमले र उपमुख्यमन्त्री समेत ४ ओटा मन्त्रालय राजपाले लिने समझदारी रहेको छ । त्यस्तै सभामुख राजपाको र उपसभामुख फोरमको हुनेछ । राजपा फोरम श्रोतका अनुसार दोस्रो चरणमा मन्त्रालयको संख्या ७ बाट १० पुगाउने योजना रहेको छ । तर कांग्रेस एमाले मध्ये कुनै एकसंग गठबन्धन भए फोरम राजपाको आपसी सम्झदारमिा कुनै एउटा मन्त्रालय उस्लाई दिइने छ ।

राजपा भित्रको आन्तरिक अंकगणित
राजपा बन्नु पुर्व ६ ओटा दलका अध्यक्षहरुरहेका पार्टीका शिर्ष नेताहरुले आन्तरिक भागबण्डाका अधारमा सरकारमा मन्त्री पठाउने आपसी गृहकार्य थालेका छन् । राजपामा राजेन्द्र महतोको खेमा बलियो मानिएको छ । जम्मा २५ ओटा प्रदेश सांसद रहेका राजमा सदभावना पृष्ठभूमिका अर्थात महतो निकट ११, तमलोपा पृष्ठभूमिका अर्थात महन्थ ठाकुर निकट ६, रामसपा पृष्ठभूमिका अर्थात शरतसिंह भण्डारी निकट २, तमसपा पृष्ठभूमिका अर्थात महेन्द्रराय यादव निकट २, नेसपा पृष्ठभूमिका अर्थात अनिल झा निकटका २, गणतान्त्रिक फोरम पृष्ठभूमिका अर्थात राजकिसोर यादव निकट १ र सहिद परिवारका तर्फबाट १ जना गरि जम्मा २५ प्रदेशिक सांसद रहेका छन् ।

आन्तरिक भागबण्डामा राजपाबाट नेतृत्व
बरिष्ट उपाध्यक्ष नवलकिसोर साहको नेतृत्वमा राजपा प्रदेश सरकारमा सहभागी हुने बुझिएको छ । उपमुख्यमन्त्री समेत ४ ओटा मन्त्रालय पाउने राजपामा संसदिय दलका नेताका लागि मुख्यत ३ जनाको प्रमुख दावेदारी रहेको छ । साह समेत जितेन्द्र सोनल र मनिषकुमार सुमनले आआफना दावेदारी प्रस्तूत गरिरहेका छन् । तर बरिष्ठताका अधारमा साहकै नेतृत्व हुने संभावना देखन्छ । सोनल र सुमन महासचिव हुन । यद्यपि साह र सुमन महतो निकट हुन भने सोनल ठाकुर निकट हुन् । सुमन पनि महतोकै यसम्यान मानिएपनि साह भने निकै लामो समयदेखि महतोका निकटतम रहदै आएका छन् ।

जातिय प्रभावमा समेत साहको जनसंख्यात्मक अवस्था बलियो हुने भएकोले साह नै उपमुख्यमन्त्री समेत राजपाबाट सरकारमा प्रतिनिधित्व गर्नेछन् । त्यसैगरि महतोको गृहजिल्ला सर्लाहीबाट भतिजो उपेन्द्र महतो र रामनरेशराय यादवले समेत सरकारमा सहभागिताका लागि दावेदारी राखेका छन् । तर श्रोतले भन्यो महतोले रामनरेशरायलाई सभामुखमा र उपेन्द्रलाई महत्वपुर्ण कुनै मन्त्रालयको जिम्मेवारी दिने सोचमा छन् । तर रामनरेस भने महेन्द्रराय निकट भएता पनि बरिष्टताका अधार उनी पार्टीमा बरिष्ट नेता रहेका कारण उनलाई पनि ब्यवस्थापन आवश्यक रहेको छ । श्रोतले भन्यो मनिष सुमनको संभावना निकै नै न्यून छ पछि ७ बाट १० ओटा मन्त्राय भयो भने पछि उनको सहभागिता पनि हुन सकिनेछ । अहिलेलाई खासै उनको कुनै संभावना छैन ।

यी हुन् फोरमका मुख्यमन्त्री तथा मन्त्रीहरुका दावेदार
प्रदेश नम्बर २ को पहिलो मुख्यमन्त्रीका लागि फोरमबाट २ जना मुख्य उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । फोरममा उपाध्यक्ष रहेका लालबाबु राउत र कोषाध्यक्ष विजय यादवले आआफना दावेदारी प्रसतूत गरेका हुन् । यस्का लागि प्रदेश सभा बोर्डमा संंसदिय दलका नेताका रुपमा उम्मेदवारी दिने दुवै जनाको दावी रहेको छ । तर पार्टी अध्यक्ष यादवको यसम्यान मानिएका विजय यादव नै संसदलिय दलका नेता बनाउने बुझिएको छ । समुदायको हिसावले मधेशमा सबैभन्दा बढी भोट बैंकको संख्या मानिएका यादवलाई नै मुख्यमन्त्री बनाउनुपर्ने सोचमा पार्टी अध्यक्ष यादव रहेको बताइएको छ । श्रोतले भन्यो विजय यादव संसदिय नेता भए भने राउत भने उप नेता हुनेछन् । उनी मुस्लिम समुदायका भएकाले प्रदेशमा मुस्लिम भोट बैंकमा आफनो सेयर लिन सजिलो हुने फोरमको योजना रहेको छ । उपनेता राउत सरकारमा भने महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

श्रोतका अनुसार यादव मुख्य मन्त्रि भए राउत अर्थ मन्त्री हुनेछन् । त्यसैगरि योगेन्द्रराय यादव, शैलेन्द्र साह समेत मन्त्री बन्ने दौडमा रहेका छन् । शाह पार्टी अध्यक्ष यदवकै क्षेत्रका प्रदेशिक सांसद हुन् भने योगेन्द्र राय यादव बिगतमा उनका पिए बसेका थिए । लामोसमय अध्यक्षको पिए भएर मन्त्रालय चलाएको अनुभव योगेन्द्ररायमा रहेको छ श्रोतले भने उनी रौतहटबाट समेत भएका कारण पनि उनको सरकारमा सहभागिता निश्चित नै छ । समानुपातिक तथा राष्टिय सभामा समेतमा रौतहटबाट कोही परेका छैनन् भने रौतहटबाट निर्वाजित यादव एक्कल जनप्रतिनिधि हुन् । मुख्यमन्त्री समेत मात्र २ ओटा मन्त्रालय पाउने फोरमले साह र यादव दुवैलाई सरकारमा सहभागी गराउने बताइएको छ ।

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्