Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न सकिने

काठमाडौं : बैंकमा रकम जम्मा गर्न आफ्नै खाता भएको बैंकमा जानु पर्ने अवस्थाको अन्त्य भएको छ । अब जुनसुकै बैंक बाट पनि आफ्नो खातामा रकम जम्मा गर्न सकिने भएको हो । नेपाल किल्यरीङ हाउसको एनसीएचएल-आइपीएस प्रणाली मार्फत जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न सकिनेछ। राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई एनसीएचएल-आइपीएस प्रणाली व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई निर्देशन दिँदै जुनसुकै संस्थाबाट पनि आफ्नो खाता रहेको बैंकमा रकम जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले एनसीएचएल-आइपीएस प्रणाली मार्फत रकम जम्मा गर्दा लाग्ने शुल्कबारे ग्राहकलाई जानकारी गराउन भनेको छ । यस्तै राष्ट्र बैंकले १ लाख रुपैयाँ भन्दा बढी रकम खातामा जम्मा गर्दा स्रोत खुलाउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ ।

नेपाल किल्यरीङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानका अनुसार एनसीएचएल-आइपीएस सेवा प्रदान गर्न ६९ बैंक वित्तीय संस्थाहरुले सम्झौता गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरु निर्देशन दिँदै ३ महिना सम्म प्रकाशित ब्याजदर परिवर्तन गर्न रोक लगाएको छ । वित्तीय संस्थाहरु बीच निक्षेप संकलनमा अस्वस्थ प्रतिष्पर्धा हुँदा मुद्दती निक्षेपमा १४ प्रतिशत सम्म ब्याज दिने अवस्था पुगेको थियो ।

राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप सङ्कलन गर्दा प्रकाशित ब्याजदर भन्दा २ प्रतिशत बढी बोलकबोल गर्न भने छुट दिएको छ ।

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्