Logo
७ बैशाख २०८१, शुक्रबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढी भन्दा बढी सिट दिने शर्तमा एमालेसंग राजपा फोरमको गठबन्धन

काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि वामगठबन्धन र नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले संयूक्र रुपमा अन्य दलसंग तालमेलका लागि प्रयास थालेका छन् । जसरी पनि बढी भन्दा बढी सिट ल्याउने उद्देश्य सहित राजपा फोरमले नेपाली कांग्रेस र एमाले दुवै दलसंग छलफल गर्ने रणनीति तय गरेको हो ।
राजपा सहअध्यक्ष लक्ष्मणलाल कर्णले बढी भन्दा बढी सिट पाउने अवस्थामा मात्र राजपा फोरमले अन्य दलसंग गठबन्धन गर्ने बताए । ‘हाम्रो कुरा क्लियर हामिले जेजस्तो अवस्थामा बढी भन्दा बढी सिट खोजेका छौं’ कणर््ाले भने ‘४ ओटा सिट हामि त्यतिकै ल्याउदैछौं ५/६ ओटा सिट आउने संभावना पनि छ यसमा जस्को साथ हुन्छ हामिले उनै शक्तिसंग गठबन्धन गर्ने छौं ।’

फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बढी सिट पाउने शर्तमा प्रदेश नम्बर २ लागि फोरम राजपा खुल्ला रहेको बताए । ‘फोरमको त अन्य प्रदेशमा समेत भोट छ’ श्रेष्ठले भने हाम्रो कुरा त खुल्लम खुल्ला नै छ, समान्य सहयोग पाए हामि ६ ओटा सिट पाउने छौं, यसका लागि हामिले जुनै दल संग पनि गठबन्धन गर्न तयार छौं । यहाँ कुनै सैद्धान्तिक कुरो छैन, यसै २÷३ दिन भित्र कुरा स्पष्ट हुनेछ ।  राष्ट्रियसभाको निर्वाचनका विषयमा राजपा/फोरमले कांग्रेसलेसँग २ चरणमा छलफल गरिसकेको छ । ३० पुसमा बसेको वामगठबन्धनको संयुक्त कार्यदलले पनि राष्ट्रियसभा निर्वाचनका लागि राजपा, संघीय समाजवादी फोरम लगायतका दलसँग छलफल अगाडि बढाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ३ पुषमा प्रदेश– २ र ३ मा क्रमश फोरम र राजपाका नेताहरुलाई प्रदेश प्रमुखमा छनोट गरेर राष्ट्रियसभाको निर्वाचनमा आफूसँग नजिक्याउने प्रयास थालेको छ । वामगठबन्धन र नेपाली कांग्रेसले मधेश केन्द्रित यी दुई दलसँग तालमेलको प्रयास गरेपनि उनीहरुले कोसँग तालमेल गर्ने भन्ने औपचारिक निर्णय गरिसकेका छैनन् ।  प्रदेश–२ को सभामा एक्लाएक्लै कसैको पनि बहुमत छैन । तर राजपा र फोरमले जोसँग तालमेल गर्छन, जित उसैको हुने अवस्था छ। त्यसैले यो प्रदेशमा राष्ट्रिय सभाका ८ सिटमा आफ्नो स्वामित्व खोज्न र अन्य प्रदेशमा रहेका राजपा र संघीय फोरमका मतदाताको भरथेगका लागि गठबन्धन र कांग्रेसले तालमेलको पहल शुरु गरेका हुन् ।

जस्तो कि, यो प्रदेशमा नेपाली कांग्रेसका मतदाताको मतभार २ हजार २ सय ६२ रहेको छ । स्थानीय तहमा ७५ र प्रदेशसभामा १९ जना कांग्रेसका मतदाता रहनेछन् । यस्तै, स्थानीय तहमा ३७ र प्रदेशमा २१ जना मतदाता रहेको एमालेको कुल मतभार १ हजार ६ सय ७४ छ । संघीय समाजवादी फोरमका स्थानीय तहमा ५१ र प्रदेशसभामा २९ उम्मेदवार रहेका छन, जसको कुल मतभार २ हजार ३ सय १० हुन्छ ।  स्थानीय तहमा ५५ र प्रदेशसभामा २५ मतदाता रहेको राष्ट्रिय जनता पार्टीको मतभार २ हजार १ सय ९० छ । यस्तै, स्थानीय तहमा माओवादी केन्द्रका ४५ र प्रदेशमा ११ मतदाता रहेका छन्, उनीहरुको मतभार १ हजार ३ सय ३८ हुन्छ । स्थानीय तहका जनप्रतिनिधिले दिने मतको भार १८ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्