Logo
१३ बैशाख २०८१, बिहीबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापतिसहित कांग्रेस धनकुटाको सामुहिक राजीनामा

धनकुटा : पार्टी नेतृत्वको सरकारले धनकुटालाई उपेक्षा गर्दै विराटनगरमा १ नम्बर प्रदेशको अस्थायी मुकाम तोकेको विरोधमा कांग्रेस धनकुटाले सामुहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेस धनकुटाले पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी लगायतले आजैको मितिदेखि लागु हुने गरी साधारण सदस्य समेत नरहने गरी सामुहिक राजीनामा दिएको घोषणा गरेका छन् ।

पार्टी नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै त्यसको विरोधमा कांग्रेस जिल्ला सभापति सहित सबैले सामुहिक राजीनामा दिएका हुन् ।  पत्रकार सम्मेलनमा पार्टी सभापति अग्नीप्रसाद पौडेलले धनकुटालाई अन्याय हुने गरी आफ्नै पार्टी सभापति नेतृत्वको सरकारले निर्णय गरेकाले सबैले राजीनामा दिनु परेको बताएका छन् ।

पूर्वाधार, सामाथ्र्य, सुरक्षा, सुन्दरता तथा प्रशासनिक सुगमता र अन्तराष्ट्रिय सिमानाको पनि दृष्टिकोणले उपयुक्त रहेको धनकुटालाई उपेक्षा गरेर पार्टी नेतृत्वको सरकार अगाडी बढेकाले पार्टी भन्दा माथि उठेर नैतिकताको आधारमा पनि आफूहरुले राजीनामा दिएको पार्टी सभापति पौडेलले बताए ।  कांग्रेस धनकुटाले सामुहिक राजीनामा गरेपछि पार्टी कार्यालयमा कालो झण्डा गाडेर कार्यालय बन्द गरेका छन् ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्