Logo
८ बैशाख २०८१, शनिबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकलालले गराए प्रदेश ४ का सांसदहरुलाई शपथग्रहण

पोखरा : देशभर नै तोकिएको शपथग्रहण कार्यक्रम अन्तरगत ४ नम्बर प्रदेश अन्तर्गत प्रदेशसभाका सांसदलाई आईतबार बिहान शपथ ग्रहण गराईएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नो कार्यालयमा कार्यभार सम्हालेलगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ खुवाए ।

त्यसपछि श्रेष्ठले नदीपुरस्थित प्रदेशसभास्थल ९नगर विकास प्रशिक्षण केन्द्रको हल० मा अन्य सांसदलाई शपथ खुवाए। सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा उनले संसद चलाउने छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार सपथ ग्रहणमा ५८ सांसद सहभागी भए ।

यस प्रदेशमा ३६ प्रत्यक्ष र २४ समानुपातिकबाट प्रदेशसभा सदस्य छन्। तर मनाङ प्रदेश सभा ख बाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे) भने सर्बोच्च अदालतको फैसलापछि सांसद हुनबाट बन्चित भएकाले उनी अनुपस्थिति रहे । यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश कबाट निर्वाचित रामबहादुर गुरुङ पनि अनुपस्थित रहे । उनी विदेशमा भएकाले शपथमा नआएका हुन् ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्