Logo
७ बैशाख २०८१, शुक्रबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धोती लगाएर आ-आफ्नै भाषामा लिए प्रदेश २ का सांसदहरुले शपथ

जनकपुर : प्रस्तावित मध्य मधेश प्रदेश अर्थात प्रदेश नम्बर २ का प्राय अधिकांस प्रदेश सांसदहरुले धोती लगाएर सपथग्रहण गरेका छन् । यहाँका संसदहरुले मैथली भोजपुरी, बज्जिका, हिन्दी र नेपाली गरि आ-आफ्ना मातृभाषामा सपथ लिएका छन् ।

सुरुमा सबैले मैथली भाषामै सपथ लिनुपर्ने भनिएको थियो तर पछि आ-आफ्नामातृभाषामै सपथ लिनसक्ने भनिएपछि सबै प्रदेश सांसदहरुले आ-आफ्नै मातृभाषामा सपथ लिएका हुन् ।

सर्लाहीबाट निर्वाचित प्रदेश सभा सदस्य उपेन्द्र महतोले बज्जिका भाषामा सपथ लिएका छन् उनी पनि धोती-कुर्ता लगाएर सपथ लिएका हुन् ।

सुरुमा भााषालाई लिएर केहि विवाद भएको थियो । सांसद महतो आफूले लिएका बज्जिका भाषाको लिखित सपथ फेसबुक मार्फत सार्वजनिक समेत गरेका छन् ।

 

 

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्