Logo
१५ चैत्र २०८०, बिहीबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहिद परिवारका लागि प्रदेश सरकारको पहिलो बैठकबाट विषेश प्याकेज : साह

काठमाडौं : सप्तरीबाट निर्वाचित प्रदेश नम्बर २ का प्रदेशसभा सांसद नवल किशोर साह (रामबाबु) ले अब बन्ने मधेश सरकारको पहिलो क्यामिनेट बैठकले मधेशी शहिद पारिवार र घाइते परिवारका लागि विषेश प्याकेजको घोषणा गर्ने बताएका छन् । उनले तत्कालिन आन्दोलनका बेला सहिद भएकाकरहरुको परिवार घाइते समेतका परिवारलाई रु ५० लाख बराबरको राहत प्याकेज घोषणा हुने बताए ।

राष्टिय जनता पार्टी नेपालका बरिष्ठ उपाध्यक्ष रहेका साह सप्तरी क्षेत्र न.१ (ख) का प्रदेशसभा सांसद हुन् ।  साहले मधेश मुक्तीका लागि सहादत दिएका सम्पूर्ण वीर सहिद हरुको सपना सकार पार्न सम्पूर्ण मधेशी शक्ती एक जुट हुनुको विकल्प नरहेको बताए ।  माघ ५ अथवा ११ औं बलिदानी दिवसको अवसरमा विशेष कुराकानी गर्दै उनले मधेशी सहिदहरुको सहादतको सपना साकार गर्न आफनो तर्फ बाट कुनै पनि कमि नहुने प्रतिबद्धता व्यक्ती गरे ।

‘आज हामी जे छौं, त्यो केवल मधेशी वीर सहिदहरुको सहादतको देन हो’ -राजपाका तर्फबाट संभावित भावी उपमुख्यमन्त्री समेत रहेका साहले भने-‘मात्र प्रत्येक वर्ष सहिदको प्रतिमामा फुलमाला लगाएर सहिदको सम्मान हुदैन’।उनै वीर शहिद समेत मधेश आन्दोनको सपनालाई पुरा गर्न पार्टीको नृतृत्व गर्दै अब बन्न प्रदेश सरकारमा आफू भाग लिन लागेको बताउदै उनले मधेश आन्दोलनको चाहना पुरा गर्नू नै यो सरकारको लक्ष्य हुने बताए ।

उनले प्रदेश सरकार गठन भएपछि सहिद परिवारलाई अझै विशेष सहयोग र सम्मान हुने विश्वास समेत व्यक्त गरे ।साहले तत्काल राजपा फोरम २ ओटा पार्टीको रुपमा रहेतापनि निकट भविष्यमै यो दूई पार्टी पनि एक हुने बताए । अधुरो अपुरो संविधान संशोधन गरी मधेशी जनताले चाहेको जस्तो संघियता लागु नभए सम्म वीर सहिदहरुको सपना साकार नहुने समेत स्पष्ट पारे । यसैबीच साहले सप्तरीबाट सहादत दिएका सहिद परिवारका सदस्यहरुसँग भेटघाट गरि आर्थिक सहयोग समेत लताकपडा समेत बितरण गरेका छन् ।

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्