Logo
१५ चैत्र २०८०, बिहीबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशवादी दल एउटै भएर अघि बढ्ने : यादव

लहान : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन गरेका मधेशवादी दल एउटै बनाएर अघि बढ्नुपर्ने बताएका छन् । मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको स्मृतिमा आज लहानमा आयोजित ११औँ बलिदानी दिवसका अवसरमा यादवले चुनावका बेला चुनावी तालमेल गरेका राजपा र संघीय समाजवादी फोरम नेपाल अब फरक फरक झण्डामा नभई एउटै झण्डामुनि गोलबद्ध हुनुपर्ने बताए ।

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य यादवले अब पनि संविधान संशोधन गर्न ढिलाइ गरिए आफूहरु पुनः आन्दोलन चर्काउन बाध्य हुने चेतावनी दिए । कार्यक्रममा राजपाका सहमहामन्त्री तथा प्रदेशसभामा नवनिर्वाचित सदस्य सुरेशकुमार मण्डलले शहीद दिवस र पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिए पनि मधेश बलिदानी दिवसमा बिदा नदिएर सरकारले मधेशी शहीदको बलिदानको अवमूल्यन गरेको आरोप लगाए ।

समाजवादी फोरमका नेता राजलाल यादवले अब बन्ने सरकारले मधेशी शहीदप्रति सम्मान हुने गरी ठोस योजना ल्याउनुपर्ने बताए । यसअघि राजपा अध्यक्षमण्डल सदस्य यादवलगायत राजपा र फोरमका नेता तथा कार्यकर्ताले लहानस्थित शहीद उद्यानमा रहेको शहीद रमेश महतोलगायत शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो । त्यस्तै सो अवसरमा आयोजित रक्तदानमा १०० जनाले रक्तदान गरेका छन् ।

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्