Logo
७ बैशाख २०८१, शुक्रबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रमुखहरुको शपथ : कायस्थ र झाले लगाएनन् दौरासुरुवाल

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएका हुन् ।

राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ल छन् ।

सपथग्रहण कार्यक्रममा अन्य प्रदेश प्रमुखहरु दौरासुरुवाल लगाएर उपस्थित भएतापनि कायस्थ र झाले भने यो पोसाक लगाएका थिएनन् । कायस्थले कुर्ता-पैजमा र बण्डी अनि झाले कोर्ट-पैण्ट लगाएका थिए ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुख उपस्थित थिए । तस्बिर : रासस

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्