Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष ओलीलाई भेट्न निवासमै पुगे उपराष्ट्रपति

काठमाडौँ : बर्यिता क्रम अनुसार पुर्वप्रधानमन्त्री भन्दा माथि रहेका बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुनले निजि निवासमै गएर नेकपा ९एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् ।

बालकोट स्थित ओली निवासमा पुन र ओलीबीच झण्डै आधा घण्टा कुरा कानी भएको थियो । नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्कनुभएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेको बताइएको छ ।

‘उहाँहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भयो’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने ‘बिरामी अवस्थामा अध्यक्ष ज्यू रहेकाले उहाँ भेट्न आउनु भएको हो, यसबाट कुनै गलत अर्थ लागाउन मिल्दैन ।’

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्