Logo
८ बैशाख २०८१, शनिबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशको नाममा प्रर्दशन चर्किएपछि धनकुटामा निषेधाज्ञा जारी

धनकुटा : प्रदेशको नाममा प्रर्दशन चर्किएपछि धनकुटामा निषेधाज्ञा जारी भएको छ । प्रशासनले निषेधाज्ञा जारी गरेपछि स्थानीय बजारमा हिड्डुल गर्न दिएको छैन। हतियारधारी प्रहरीले सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरेका छन् । निषेधाज्ञाको कारण धनकुटाको बजार, यातायात, वित्तिय संस्था, शिक्षण संस्था बन्द रहेको छ ।

बिहीबार दिनभरी कफ्र्यु लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माइकिङ गरेर निषेधाज्ञा लगाएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले कफ्र्यु हटाएर शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको बताए। निषेधाज्ञा जारी राख्ने वा हटाउने विषयमा राजनीतिक पार्टीका नेताहरुसँग शुक्रबार दिउँसो ११ बजे छलफल राखेको प्रजिअ उप्रेतीले बताए । प्रादेशिक राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै जारी आन्दोलन तनावग्रस्त बनेपछि बिहीबार ११ बजेदेखि स्थानीय प्रशासनले कफ्र्यु लगाएको थियो। तर पछि स्थानीय प्रशासनले कफ्र्यूलाई सच्याएर निषेधाज्ञा मात्र जारी गरेको बताएको थियो ।

निषेधाज्ञा लागू भएको अवस्थामा ५ जनासम्मको समुहमा हिड्न र बजारमा किनमेल गर्न पाउने कानुनी व्यवस्था छ ।स्थानीय प्रशासनले ‘कफ्र्यु’ नभई ‘निषेधाज्ञा’ लगाएको भनेता पनि बजार क्षेत्रमा स्थानीयलाई सुरक्षाकर्मीले सामान्य हिड्डुल गर्न नदिएको नेविसंघ धनकुटाका सभापति बालानन्द दाहालले बताए ।

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्