Logo
१२ बैशाख २०८१, बुधबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले प्रतिशोध साध्यो, डटेर सामना गर्छु : नवराज सिलवाल

काठमाडौं : नेपाल प्रहरीको रेर्कडमा फरार रहेका पुर्व-पूर्वडीआईजी नवराज सिलवालले आफूविरुद्ध सरकारले शक्तिको दुरुपयोग गर्दै प्रतिशोध साधेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा सदस्य समेत रहेका उनले त्यसको डटेर सामना गर्ने घोषणा पनि गरेका छन् ।

फररार रहेका भनिएका उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गरेपछि सिलवालको आक्रोशपूर्ण धारणा सार्वजनिक भएको हो । उनले ट्विटरमा लेखेका छन्, ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’

ललितपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सिलवालले शुक्रबार ट्वीटमार्फत् सरकारले ‘विपक्षीलाई प्रहार गर्ने नौटंकी’ प्रदर्शन गरेको आरोप लगाएका छन् । सिलवालले आईजी नियुक्ति मुद्दामा कीर्ते कागजात प्रस्तुत गरेको ठहर सर्वोच्चले गरेपछि प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । तर, सिलवाल फरार छन् । सिलवाल हाल विदेशमा रहेको बताइन्छ ।

 

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्