Logo
८ बैशाख २०८१, शनिबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश आन्दोलन : तोडफोड तथा आगजनी

डोटी : सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीमा तोकेको विरुद्धमा आन्दोलित प्रदर्शनकारीले आज ग्रामीण विकास तथा महिला एकता केन्द्र (रुडुक) नेपालको कार्यालयमा तोडफोड तथा आगजनी गरेको छ ।  सरकारले आरजु राण देउवाको इशारामा ७ नं प्रदेशकोे अस्थायी राजधानी धनगढीलाई तोकेको भन्दै आन्दोलनकारीले जिल्ला सदरमुकाम सिलगढीस्थित रुडुक नेपालको कार्यालयमा तोडफोड तथा आगजनी गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा उक्त संस्थाका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । देउवा दम्पतीको पुत्ला दहन गरेपछि आन्दोलनकारीले बेलुका करिब ५ः३० बजेतिर रुडुक कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन् ।यसका साथै आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयका तीन वटा गाडी, एउटा मोटरसाइकल, क्षेत्रीय प्रशासन कार्यालयलगायतका क्षेत्रीय कार्यालय र प्रहरी विटमा समेत तोडफोड गरेका छन् ।

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्