Logo
७ बैशाख २०८१, शुक्रबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी सर्मथित अखिल शिक्षक संगठनमा मिया

काठमाडौँ : माओवादी सर्मथित एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौँ जिल्ला सम्मेलनले कमालद्दीन मियाको नेतृत्वमा ३९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरेको छ । पाँचौ जिल्ला सम्मेलनबाट मियाको नेतृत्वमा ३९ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको सचिव कृष्णराम कट्टेलले जानकारी दिए । समितिका वरिष्ठ उपाध्यक्षमा नानीराम सापकोटा, महिला उपाध्यक्षमा कल्पना पनेरु, उपाध्यक्षमा मचाभाइ महर्जन, मधुसूदन रेग्मी र प्रवीण न्यौपाने, सचिवमा कट्टेल, अर्थ सचिवमा सञ्जीवकुमार सिंह तथा सहसचिवमा अमृता मजाकोटी, राजु खत्री र जगप्रसाद तिवारी निर्वाचित भएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले नेपालको सार्वजनिक शिक्षामाथि चौतर्फी हमला भइरहेकाले देशभक्ति र गणतान्त्रिक शिक्षकहरु त्यसको बचाउमा लाग्नुपर्ने बताए । माओवादी केन्द्रका काठमाडौ इन्चार्ज लेखनाथ न्यौपानेले शिक्षकले बढी राजनीति गर्ने र राम्रोसँग नपढाएकै कारण सार्वजनिक शिक्षा कमजोर बन्दै गएकाले शिक्षकहरु अब गुणस्तरमा केन्द्रित हुनुपर्ने बताए ।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष रमेश रुपाखेती, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर अधिकारी र राष्ट्रिय शिक्षक संगठन काठमाडौँका अध्यक्ष यादव पौडेलले वामपन्थी शिक्षकको एउटै साझा मञ्च बनाएर एकीकृत रुपमा शैक्षिक विकासमा लाग्नुपर्ने बताए ।

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्