Logo
७ बैशाख २०८१, शुक्रबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा सुनचाँदीको गहनासहित ४ पक्राउ

सप्तरी : करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित सप्तरीमा ४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवासी शत्रुधन साह सुनार, वडा नं ४ महेश यादव रहेको प्रहरी नायब उपरीक्षक धु्रवकुमार श्रेष्ठले बताए ।

उनीहरुको साथबाट काँडाबाला हसुली दुई थान, काँडावाला चुरी दुई थान, काँडावाला चुरा दुई थान, बच्चाले लगाउने काँडाबाल चुरी आठ थान, बच्चाले लगाउने सादा चुरा १२ थान, महिलाले लगाउने पञ्चक पाँच थान, विभिन्न नमूना र आकारका बाला सात थान, पायल १६ थान र २० थान दुईहारे सिक्री बरामद गरिएको छ । यसैगरी पाउजु ५१ थान, ब्रासलेट १२थान, सिक्री थान ४५, चुरी ठूलो एक सानो २ थान, काटिएको बेरुवा एक थान , औंठी ४९ थान, बिच्छी ४२ थान , चकती १७ थान, गणेश भगवान्को मूर्ति एक थान, सिन्दूर क्याप एक थानलगायतका सिक्का तथा सुनचाँदी तौल गर्ने औजारसमेत बरामद गरिएको छ ।

त्यस्तै चोरी भएको रकमबाट खरिद गरिएको ना४९प १९०७ नंको टिभिएस मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चारैजनामाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्