Logo
७ बैशाख २०८१, शुक्रबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीसँग भएको पाँचबुँदे सहमति कार्यान्वय, डीनमा अग्रवाल नै

काठमाडौं : सरकारले डा. गोविन्द केसीसँग भएको पाँचबुँदे सहमति कार्यान्वय गर्ने निर्णय गरेको छ । १४ औं अनसन तोडाउने क्रममा सरकारले डा. केसीसँग सहमति गरेको थियो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले त्यसलाई अनुमोदन गरेको हो । साथै लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ । समितिमा डा. दिब्या साह र मन्त्रिपरिषद्का शिक्षा हेर्ने सचिव खगराज बराल छन् ।

बैठकले त्रिवि शिक्षण अस्पतालको सुधारका लागि १० करोड दिने निर्णय गरेको छ । साथै आईओएमको डीनमा जेपी अग्रवाललाई नै निरन्तरतालाई दिन सम्वन्धित निकायलाई निर्देशन दिएको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए । बैतडीका मिनबहादुर चन्द, टिमुरबोटे काण्डका नरनाथ कटेल र मित्र कटुवाल, कीर्तिपुरका सञ्जय सिंह र सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटालाई पनि सहिद घोषणा गरेको छ । यसमा अझै केही थपिने बस्नेतले बताए ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्