Logo
१५ चैत्र २०८०, बिहीबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० हजार घुससहित इन्जिनियर पक्राउ

काठमाडौँ : काठमाडौँ महानगरपालिकामा कार्यरत एक इन्जिनियर घुससहित कार्यकक्षबाटै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार रु १० हजार घुससहित सुशील चापागाईंलाई पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्