Logo
११ बैशाख २०८१, मंगलबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरमा माटो व्यवसायीको हत्या, ३ जना पक्राउ

भक्तपुर : बुधबार बिहान ५ बजे माटो व्यवसायमा संलग्न एक व्यवसायीको हत्या भएको छ । भक्तपुर स्थित चाँगुनारायण नगरपालिका-९, ताथलीमा बस्दै आएका ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको हो ।

सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको आशंका गरेको बताउँदै उनले मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको जानकारी दिए ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाको थप अनुसन्धान शुरु गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्