Logo
१२ बैशाख २०८१, बुधबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेसिया प्रहरीको ‘इन्काउन्टर’मा एक नेपालीको मृत्यु

काठमाडौं : इन्डोनेसिया स्थित प्रहरीको इन्काउन्टरमा एक नेपालीको मृत्यु भएको छ ।  लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको बताइएको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन । लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् ।

उनका अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो । उनी त्यहाँ आएलगत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औषध बरामद भएको छ ।

सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले बताएको छ । होटलमा उनको कोठा सर्च गर्दा ३.४ किलो मेथ भेटिएको प्रहरीले जनाएको छ भन्दै अनलाइन खबरमा समाचार छ ।

 

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्