Logo
८ बैशाख २०८१, शनिबार
(January 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा माइक्रो बस दुर्घटना, १ जनाको मृत्यु १० घाइते

दाङ : बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दाङको घोराही तुलसीपुर सडकखण्डको विजौरीमा माइक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । ९५२१ नं.को उक्त माइक्रोबस आइतबार बिहान दुर्घटनामा परेको हो ।

माइक्रो बसमा सवार तुलसीपुर–३ श्रीकुला निवासी २२ वर्षीय ज्ञानबहादुर गिरीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

घाइतेमध्ये चारजना गम्भीर रहेको र उनीहरुलाई बाँके अस्पतालमा पठाइएको र अन्य छजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्