Logo
१२ बैशाख २०८१, बुधबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेका अध्यक्ष ओली केही दिन बैंककमै आराम गर्ने

काठमाडौं : स्वास्थ्य उपचारका क्रममा थाइल्याण्डको बैंकक गएका एमालेका अध्यक्ष केपी ओली केही दिन उतै रहने भएका छन् । यसअघि सोमबार ओली काठमाडौं फर्कने र एमाले–माओवादी पार्टी एकता प्रक्रियालाई गति दिने बताइएको थियो ।

एमाले प्रचार विभागका सचिव विष्णु रिजालका अनुसार बैंकको बुमरुमगाड अस्पतालमा स्वाथ्य परिक्षणका रिपोर्टहरू राम्रो आएको छ र अध्यक्ष ओली अझै केही दिन बैंककमै रहने छन् ।  ‘आज बिहान बैंककमा अध्यक्ष केपी ओलीसँग भेट्दा उहॉ प्रफुल्ल मुद्रामा भेटिनु भयो, उहॉको स्वास्थ्य अवस्था एकदमै ठीक छ’, रिजालले फेशबुकमा भनेका छन्, ‘उहॉ आरामका लागि अझै १–२ दिन बैंककमै रहनु हुनेछ ।’ रिजालले ओलीको साथमा बैंकक गएका दुबै जना डाक्टरहरू फर्किकेको जनाएका छन् ।

प्रकाशित मिति: Jan 14, 2018

प्रतिक्रिया दिनुहोस्