Logo
१५ चैत्र २०८०, बिहीबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

उर्लाबारी : मोरङको रतुवामाई नगरपालिका–१० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ ।

उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही दिशाको साइकलयात्रीलाई ठक्कर दिँदा रतुवामाई– ९ बस्ने ४८ वर्षीय काशीराम धामी थारुको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका धामी थारुको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए । रासस

प्रकाशित मिति: Jan 14, 2018

प्रतिक्रिया दिनुहोस्