Logo
६ बैशाख २०८१, बिहीबार
(January 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४७ हजार ७४८ विद्यार्थी सहभागी रहेका कक्षा ११ को नतिजा सार्वजनिक

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । बोर्डले पहिलोपटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको उहाँले जानकारी दिए ।

गत असारमा भएको उक्त परीक्षाको नतिजामा ७४ जनाको परीक्षा रद्द गरिएको र एकजनाको परीक्षा स्थगित गरिएको उनले जानकारी दिए । परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ ।

बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिए । एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन्। ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थीले विषयगतरुपमा नतिजा पाउने छन् ।

स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटकपटक मिति सार्दै असार १ गतेदेखि सञ्चालन भएको कक्षा ११ को परीक्षा नतिजा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै बोर्डले सात महिनापछि नतिजा सार्वजनिक गरेको हो । (रासस)

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्