Logo
७ बैशाख २०८१, शुक्रबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ प्रतिशत विद्यार्थी वार्षीक परीक्षामा अनुपस्थित

मकवानपुर : हेटौंडाका सामुदायिक विद्यालयमा अध्ययनरत १३ प्रतिशत विद्यार्थी वार्षीक परीक्षामा अनुपस्थित हुने गरेका छन् । अनुतिर्ण मध्ये ८२ प्रतिशतले कक्षा दो¥याएको र नगरस्तरिय एक शिक्षक बराबर २८ जना विद्यार्थीले अध्ययन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला शिक्षा कार्यालय मकवानपुरमा आयोजित ‘विद्यालयको स्तर सुधारमा हाम्रो भुमिका’ विषयक अन्तक्र्रियामा प्रस्तुत तथ्यांक अनुसार आधारभूत र मावि तहमा २२ हजार ३ सय जना विद्यार्थी अध्ययनरत थिए । त्यस्तै, हेटौंडामा रहेमा १ सय ६४ विद्यालय रहेको छ भने ८ सय ७ जना शिक्षकले अध्यापन गराइरहेका छन् ।

जहाँ १ तहमा ५ शिक्षक छन् र विद्यालयको सिकाई उपलब्धी ५२ प्रतिशत रहेको पाइएको छ । अन्तक्र्रियामा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बासुदेव भण्डारीले स्कूल क्लाइमेटका लागि विद्यालय सुरक्षा, शिक्षण सिकाइ, अन्तरव्यक्ति सम्बन्ध, सहभागितात्मक तथा स्रोतपूर्ण विद्यालय वातावरण र नेतृत्व तथा व्यावसायिक सम्बन्ध हुनुपर्ने बताए ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्