Logo
१२ बैशाख २०८१, बुधबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डीभी अन्त्य गरि ग्रीन कार्डको सङ्ख्या बढाउने विधेयक पेश

वाशिङ्टन डीसी : अमेरिकामा ग्रीन कार्डको सङ्ख्या वर्षेनि ४५ प्रतिशत बढाउने विधेयक त्यहाँको तल्लो सदनमा पेश गरिएको छ । यो प्रस्ताव स्वीकृत भएमा विशेष गरी एशिया क्षेत्रका भारतीय प्राविधिकहरू बढी लाभान्वित हुने विश्लेषण गरिएको छ ।

यो विधेयक पारित भएपछि यसले इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रम अन्त्य गर्नुका साथै आप्रवासनको स्तर घटाउन सहयोग गर्ने बताइएको छ । हाल अमेरिकामा वार्षिक १० लाख ५० हजारको सङ्ख्यामा रहेको आप्रवासनको सङ्ख्या वार्षिक २ लाख ६० हजारमा समेट्न सहयोग गर्ने बताइएको छ ।

यो कानूनले विशेष गरी एचवानबी भिसामा अमेरिका गएका भारत, नेपाललगायत देशका नागरिकलाई लाभ हुने अनुमान गरिएको छ । पीटीआई

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्