Logo
७ बैशाख २०८१, शुक्रबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसोका कारण रौतहटमा मृत्यु हुनेको संख्या ११ पुग्यो

रौतहट : शीतलहरका कारण रौतहटमा चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । जिल्लाका सबै भेगमा दुई सातादेखि बाक्लो हुस्सु र शीतलहर चलेको छ । अत्यधिक चिसोका कारण रौतहटमा दुई सातादेखि विद्यालयहरु बन्द रहेका छन्। दलित बस्तीका बालबालिका र सुत्केरी महिला बढी पीडामा छन् । चिसोबाट सर्वसाधारणलाई जोगाउन जिल्ला दैवी प्रकोप उद्धार समितिले विभिन्न स्थानहरुमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था गरेको जनाएको छ । बालबालिका, वृद्ध, दीर्घरोगीहरु चिसोले बढी सताइएका छन् । दलित तथा गरिब बस्तीहरुमा ओड्ने ओछ्याउने कपडाको अभाव छ ।

बुधबार राति मात्रै रौतहटको परोहा नगरपालिका ७ रामपुरखापका ६० वर्षीय रामलगन प्रसाद पटेल, गौर नगरपालिका ४ टिकुलियाका ७० वर्षीया सियादेवी र गढीमाई नगरपालिका ७ धनाडी टोलका भिक्षु हजामको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरी प्रमुख यज्ञ विनोद पोखरेलले जानकारी दिए ।

केही दिनअघि परोहा नगरपालिका वडा नम्वर २ जिगडवाका ४५ वर्षीय शेख समिम, वडा नं ९ का ७० वर्षीया नसिरुल्लाह खातुन, ६५ वर्षीया मरठिया देवी कुर्मी, राजदेवी नगरपालिका ९ ब्रह्मपुरीका ६४ वर्षका अकलप्रसाद सिंह, गढीमाई नगरपालिका वडा नम्बर १ समनपुरमा सञ्चालनमा रहेको इँटा उद्योगका मजदुर सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलि, गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजाम, गुजरा ७ प्रतापुर पल्टुवाकी फूलकुमारी देवी, दुर्गाभगवती ८ बडहर्वाकी सकली देवीको चिसोका कारण मृत्यु भएको थियो।

 

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्