Logo
७ बैशाख २०८१, शुक्रबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शितलहरबाट बच्न इनरुव नगरपालिकाद्धारा दाउरा वितरण

सुनसरी : शितलहर/हुस्सुका कारण मंगलवारदेखि एक्कासी बढेको जाडोका कारण सुनसरीको इनरुवामा जनजीवन प्रभावित बनेको छ । इनरुवा नगरपालिकाले शितलहरसँगै बढेको जाडोबाट बच्न सर्वसाधारणहरुलाई इनरुवाका विभिन्न वार्डहरुमा दाउरा मुढा वितरण गरेको छ ।

इनरुवा नगरपालिकाका सुनोज निरौलाले इनरुवाका विभिन्न वस्तीहरु सँगै बजारलगायतका स्थानहरुमा सर्वसाधारण मजदुर लगायतलाई जाडोबाट जोगिन दाउरा वितरण गरेको बताए । जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय र इनरुवा नगरपालिकाबाट उपलब्ध गराएको दाउरा नेपाली सेनाको सवुज गण इनरुवा व्यारेक र जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवाका विभिन्न चौक वस्तीहरुमा वितरण गरेका छन ।

बुधवार बिहानैदेखि शितलहर चलेका कारण सडक बाटोमा हिडने सर्वसाधारणहरुको संख्यामा समेत कमि आएको छ भने दैनिक ज्याला मजदुरी गरि खानेहरु शितलहरबाट प्रभावित बनेका छन । व्यपारी व्वसायीहरुले समेत शितलहरका कारण बजार पसलमा बसेर बिक्री गर्ने अवश्था नरहेको बताएका छन सरकारी कार्यालयमा सेवाग्राहीहरुको चहलपहल शुन्य भएको छ ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्