Logo
१३ बैशाख २०८१, बिहीबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरुषत्तोम भण्डारी र बमकुमार श्रेष्ठको इजलास डा.केसीको मुद्दा 

काठमाडौँ : अदालतको मानहानी गरेको आरोपमा सोमबार रातिदेखि प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीको मुद्दालागि बुधबार पुरुषत्तोम भण्डारी र बमकुमार श्रेष्ठको इजलास तोकिएको छ । मंगलबार डा. केसीमाथि लागेको अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको बेञ्चले हेरेको थियो ।

हिजोको इजलासले उनको बयान लिएको थियो। बयान सकिएपछि प्रहरीले उपचारका लागि डा. गोविन्द केसीलाई वीर अस्पताल लगेको थियो । हिजो उनलाई वीर अस्पतालमा नै भर्ना गरेर राखिएको थियो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै डा. केसीले सोमबार दिउँसोदेखि अनसन सुरु गरेका थिए । लगत्तै उनीमाथि अदालतमा मानहानीको आरोप लागेको हो ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्