Logo
१५ चैत्र २०८०, बिहीबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघद्धारा प्रधानमन्त्री देउवालाई ७२ घण्टे अल्टिमेटम

काठमाडौं : नेपाली काँग्रेका बिद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यार्थीका लागि स्वास्थ्य विमासँगै युवा बेरोगगार भत्तालगाएतका माग गर्दै अल्टिमेटम दिएको छ । नेविसंघले नेपालको संविधानले व्यवस्था गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकअन्र्तगत सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य विमा अविलम्ब कार्यान्वयन गर्नुपर्ने, सबै नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नुपर्ने र युवा बेरोजगार जनशक्तिलाई भत्तको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेको छ ।

आफ्नै माउ पार्टी कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई आठ बुँदे माग राख्दै ७२ घण्टे अल्टिमेटम दिएको हो । नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरलगाएतका पदाधिकारीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अल्टिमेटमसहितको ज्ञापनपत्र देउवालाई बुझाए । अध्यक्ष महरले माग पूरा नभए देशभर आन्दोलनमा उत्रने बताए ।

नेविसंघले २८ पुसमा देशभरका जिल्ला प्रशासन कार्यलयमहरुमा एकैसाथ ज्ञापनपत्र बुझाउने, ३० पुसमा जिल्ला प्रशान कार्यलयहरुमा धर्ना र दबाब र्याली निकाल्ने, २ माघमा सबैै जिल्ला सरदमुममा दबाब र्यालीको आयोजना गर्ने, र ५ माघमा अनसन बस्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्