Logo
१३ बैशाख २०८१, बिहीबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगद सहित हराएकी श्रीमती खोज्न पत्रकार सम्मेलन

विराटनगर : मोरङ्ग स्थित बूढीगंगाका गिरानन्द पासवानले एक पत्रकार सम्मेलनको आयोजना गरि आफ्नी श्रीमति खोजिदिन अपिल गरेका छन् । नगदसहित श्रीमती बेपत्ता भएपछि उनले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।बूढीगंगा–२ का गिरानन्द पासवानले सोमवार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए ।

एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा भएकी अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको उनले बताए । बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि प्रहरीमा जाहेरीसमेत दिएको भए पनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए । गिरानन्द पासवानअनुसार श्रीमती बेपत्ता हुनुअघि मोबाइलको कल डिटेल हेर्दा एकजनासँग ६४५ पटक फोन सम्पर्क गरेको पाइएको जानकारी पनि दिए । पत्रकार सम्मेलनमा पाशवान आफ्ना छोराछोरी सहित उपस्थित भएका थिए ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्