Logo
१५ चैत्र २०८०, बिहीबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जग्गा दलाल र ब्यपारीहरुको अगुवाईमा सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि जग्गा दलाल र स्थानिय ब्यपारीहरुको अग्रसरतामा जारी आन्दोलनमा आन्दोलनकारीहरुले नयाँनयाँ तरिका अपनाउँदै आएका छन् । आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा बनाउँदै डोटीलाई राजधानी तोकेका छन् ।

यद्यपी, यसरी प्रदेश राजधानी माग्दै जार रहेका आन्दोलनहरुमा सर्वसाधारण जनताको भने खासै चासो रहेको छैन । डोटीका एक अगुवाले भने यो सबै आन्दोलनहरु जग्गा दलाल र ब्यापारीहरुका हुन् हामि आम जनतालाई यो राजधानीसँग के मतलव ? उनले भने हामिलाई स्थानिय तह छदैछ केहि काम लागे हामि त्यही पुग्ने हो राजधानी धाउनु पर्ने कार्य त नेताहरु र जनप्रतिनिधिहरुका हुन् ।

आइतबार स्थानीय पञ्चेश्वर मन्दिरबाट मैनबत्ती जग्गा ब्यवसायी र स्थानिय ब्यपारीहरुको अग्रसरतामा जुलुस निकाल्दै क्षेत्रीय प्रशासन कार्यालय अगाडि पुगेका आन्दोलनकारीहरुले सडकमै नक्सा बनाई राजधानी तोकेका हुन् । लामो समयसम्म आन्दोलन गर्दा पनि सरकारले नदेखेझै गरेकाले दिउँसै मैनबत्ती जुलुस निकाल्नु परेको आन्दोलनकारीहरुको भनाइ छ । सरकारले आफ्नो माग नसुनेको भन्दै शुक्रबार थाल ठटाउँदै र शनिबार सिठी बजाउँदै प्रदर्शन गरेका आन्दोलनकारीहरुले आफ्नो माग पूरा नभएसम्म सडकमै रहने उदघोष गरेका छन् ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्