Logo
७ बैशाख २०८१, शुक्रबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्वी नेपालबाट भुटानी राजा जिग्मेलाई ज्ञापनपत्र

झापा : स्वदेश फिर्तीको माग गर्दै झापास्थित भुटान राष्ट्रिय मेलमिलाप समितिले आइतबार भुटानी राजालाई ज्ञापनपत्र पठाएको छ । समितिले इमेल र हवाई कुरियरको माध्यमबाट राजा जिग्मेकेशर वाङ्चुक र प्रधानमन्त्री छिरिङ तोब्गेलाई ज्ञापनपत्र पठाएको हो । लामो समयदेखि भुटान फर्कन चाहने शरणार्थी भुटानी नागरिक भएकाले अब पनि उनीहरुको समस्या सुनवाइ नगरे नेपालमा भुटानी शरणार्थीको अवस्था तिब्बती शरणार्थीको जस्तै हुने पत्रमा उल्लेख छ ।

सन् १९९० देखि शुरुवात भएको दक्षिण भुटानीको समस्याले अब पनि समाधानको मार्ग नखोजे भुटानको अन्तर्राष्ट्रिय क्षेत्रमा अपमान हुने भन्दै इच्छुक शरणार्थीलाई स्वदेश फर्काउन माग गरिएको समितिका अध्यक्ष कृष्णवीर तामाङले बताए । भुटानी शरणार्थीलाई पनि पर्यटकको आकर्षण बनाउन खोजिएकाले यसले भुटानलाई नराम्रो असर पार्ने हुँदा भुटान सरकारले तत्काल कदम चाल्नुपर्ने समितिको प्रेषित पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्