Logo
७ बैशाख २०८१, शुक्रबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसो र शीतलहरका कारण जनजीवन कष्टकर, उडान पनि प्रभावित

बाँके  : बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बाँकेको जनजीवन कष्टकर बनेको छ । शीतलहरसँगै बढेको जाडोले विद्यालय जाने विद्यार्थी, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ । शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिकस्थलमा आगो बालेर ताप्ने गरिएको छ ।

न्यानोका लागि ग्रामीण क्षेत्रका नागरिक दिनभर आगो बालेर ताप्ने गरेको डुडुवा गाउँपालिका–४ का जान अली नाउ बताउछन् । चिसो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको अस्पतालले जनाएका छन् ।

बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेका छन् । अहिले बिहान भने भिजिवीलिटी खुलेर पहाडी जिल्लाका लागि एउटा उडान भएको छ । नागरिक उड्डयन कार्यालयले अहिले मौसम खुले पनि एकैछिन पछि ढाक्न सक्ने भन्दै काठमाडौँ र पहाडी जिल्लाको उडान प्रभावित हुनसक्ने बताएको छ ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्