Logo
८ बैशाख २०८१, शनिबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भृकुटीमण्डप जुत्ता मेलामा ब्यापक ठगी : सरकारी निकाय मौन

#रनसुज : वारेण्टीमै किचलो-भ्याट छली
काठमाडौं : प्राय सधै झै लागिरहने चुत्ता मेलामा ब्यपक ठगी भइरहेको खुलेको छ । स्वदेशी उत्पादन भन्दै गुणस्तहिन जुत्ताचप्पलको आयात गरेर उपभोक्ता ठगी गर्नमा पछिल्लो समयमा विभिन्न जुत्ता व्यपसायीहरुमा तीब्र प्रतिस्पर्धानै चलेको छ । नेपाली जुत्ता बजारमा आयातित भएको रन नामक जुत्ता वारेण्टीको नाममा कमसल चाइनीज जुत्ता बजारमा बिक्री गर्दै आएको रन सुज कम्पनीमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा खुलासा गरेका छन् ।

सुरुदेखिनै नेपाली उत्पादनको लोगो झुण्डाएर चिनीयाँ सस्तो र गुणस्तहिन जुत्ताचप्पल बिक्री वितरण गर्दै आएको रनसुज नामको कम्पनी सञ्चालन गर्नेसंग अहिले अर्को जुत्ताचप्पलको बिक्री गर्दै आएको छ रोयल सुज । सुरुदेखिनै आयातित जुत्ताचप्पलको बिक्री गर्र्दै आएको रन सुजमा विभिन्न प्रकारका खराबीहरु भेटिएका छन् । रन सुजले रातारात कमसल जुत्तामा आफ्नो लोगो टाँँसेर नेपाली बजारमा सस्तो र गुणस्तरहिन सामान चीनको स्वाशासित क्षेत्र तिव्वतबाट अयातगरी उच्च गुणस्तरको भन्दै उपभोक्ता ठगी गर्दै आएको आरोप समाचारस्रोतको रहेको छ ।

राजधानी लगायत मुलुकको विभिन्न स्थानमा चीनियाँ सामानलाई नेपाली उत्पादन भन्दै लामो समयदेखि बिक्री वितरण हुदै आएको भएपनि सम्बन्धित निकायको अनुगनम नगर्दा उपभोक्ता ठगीमा पर्ने गरेका छन् । रन सुजका उपभोक्ताले ६ महिनाको वारेण्टी भन्दै खरिद गरेको जुत्ता १ महिनामा नै ध्वस्त भएको पिडित उपभोक्ताले तीव्रखबरलाई आफ्नो प्रमाण प्रस्तुत गरेका छन। आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा उनले सो प्रमाण दिएका हुन । चीनियाँ न्यून गुणस्तरीय जुत्ता, चप्पलको आयातगरी उच्च नेपाली ब्रान्डको भन्दै विना स्वीकृति रन सुजको नाममा व्यापारीले उपभोक्तालाई बिक्री गरेर ठगी गर्दै आएको छन।

रन सुजका प्रमुख रुद्रप्रसाद न्यौपाने एकाएक अबैध कारोबार गरी चीनको खासा बजारबाट कम गुणस्तरको जुत्ता आयात गरी नेपाली स्टिकर टाँसेर बिक्री वितरण गर्दै आएका व्यापारी हुन । भुकम्पपछि बन्द भएको सो तातोपानी भन्सार नाका नखुलेपछि तिरमिराएर बसेका छन् । तातोपानी नाकाबाट सामान सस्तो र चाडो आउने गरेकाले दैनिक जसो नयाँ मोडलभन्दै चिनियाँ जुत्ताचप्पल नेपाली उत्पादनको नाममा सार्वजनिक गर्र्दै आएकोमा अहिले साढे २ वर्षमा कुनै पनि मोडल सार्वजनिक गर्न सकेका छैनन । सो जुत्ताको कमजोरीका बारेमा बाहिर आउने भएकाले सिमितलाई बोलाई जुत्तालाई सार्वजनिक गरेका न्यौपाने त्यसपछि भूमीगत रुपमा जुत्ता, चप्पल खासाबाट आयात गर्ने कार्यमा सकृय रहेका छन् । गोप्य रुपमा भक्तपुरको लोकन्थलीमा अस्थायी रुपमा रहेको एक घरबाट चीनबाट आयात गरेका न्यून गुणस्तरको जुत्ता चप्पलमा नेपाली ब्रान्डको स्टिकर टाँस्नेमात्र कार्य हुने गरेको छ ।

सो जुत्ता बजार लगेपछि नेपाली उत्पादनको नाममा न्यूनतम २५ सयदेखि ५ हजार रुपैयाँसम्म बिक्री वितरण हुने गरेको छ । सो जुत्ता चीनियाँ बजारको खासामा न्यूनतम १ सय ५० रुपैयाँमात्र पर्ने गरेको सम्बन्धित व्यवसायीहरुले बताएका छन । १ सय ५० रुपैयाँमा खरिद गरेको प्रतिजोर सो जुत्ता नेपाली बजारमा आईपुग्दा भाडा, पसलको भाडा र अन्य कर सहित ५ सय रुपैयाँ पर्ने चीनियाँ जुत्ता बिक्री गर्दै आएका एक व्यवसायीले नाम नछाप्ने सर्तमा बताए । सस्तोमा सामान उठाउने र त्यही सामानलाई उच्च ब्राण्ड र नेपाली उत्पादन भन्दै बिक्री बितरण हुँदा समेत सम्बन्धित निकायको ध्यान नपुग्दा लाखौं रुपैयाँ राजस्व गुम्न पुगेको छ ।

एकातर्फ राजस्व र आयकरमा समेत छली गरेका न्यौपानेले भक्तपुरको जडिवुटी स्थितमा रन सुजको ब्राण्ड विना दर्ता कम्पनीमात्र दर्ता गरेर भूमीगत रुपमा सञ्चालन गर्दै आएका छनभने ललितपुरको कुपन्डोलस्थित रहेको त्रिकोण अफसेट प्रेसबाट नक्कली नेपाली ब्राण्डको स्टिकर छपाई गर्दै आएका छन। हजारौंको सख्यामा पटक–पटक गरेर सो नक्कली स्टिकर छाप्ने गरेका न्यापानेले छापाखानाको छपाई शुल्क समेत दिन आनाकानी गरेको स्रोतको भनाई रहेको छ । नेपाली व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतको बजारबाट आयात गरेका अधिकांश कमसल सामग्रीमा नेपाली ब्रान्डको हवला दिँदै नक्कली स्टिकर टाँसी उपभोक्ता ठगी गरेको खुलासा हुँदा सम्म सम्बन्धित निकायले छानविन नगर्दा उपभोक्ता दैनिक रुपमा ठगिइ रहेका छन।

लामो समयदेखि नेपाली बजारमा विभिन्न चिनियाँ सामानको आयात गर्दै आएका नेपाली व्यवसायीले चिनियाँ विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक कक्षामा निर्माण गरेको कमसल सामानको आयात गरी सामानमा नेपाली ब्रान्डको नाम दिँदै वर्षौंदेखि उपभोक्ता ठगी गरेको आरोप स्वयं व्यवसायीले लगाएका छन । पछिल्लो समयमा नेपाली उत्पादन भन्दै तयारी पोशाक र जुत्ता, चप्चलहरुमा व्यापारीले ठगी गर्दै आएका छन । स्थानीय व्यवसायीले दिएको जानकारीअनुसार उत्तरी नाकाबाट रातको समयमा सामान राजधानी ल्याई रातारात सो कमसल सामानलाई नेपाली ब्रान्डको स्टिकर टाँसेर बजार पठाउने कार्यमा विगत लामो समयदेखि व्यवसायीहरु लागि परेका छन।

यसरी चीनबाट कमसल सामानको आयात गरेर नक्कली स्टिकर टाँसी बजार पठाउँदा सो सामानको बजार मूल्य र चिनियाँ सामानको बजार मूल्यमा ठूलो अन्तर पर्नेसमेत उनको दाबी रहको छ । नेपाली जुत्ता बजारमा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग गरी बनाइएका आयातीत तथा अन्य जुत्ताबाट ठगिएका उपभोक्ता, फेसनअनुसारका जुत्ता नपाएर मन खुम्च्याएर बाध्यताबस तिनै जुत्ता लगाउनु बाध्य ग्राहक, गुणस्तरभन्दा महँगो मूल्य तिरेर ठगिएका ग्राहकलाई लक्षित गरेर उत्पादन गरेको सो ब्राण्डको जुत्ता गुणस्तहिन र अत्याधिक मंहगो समेत रहेको छ ।

सो उद्योगको न्युरोडगल्लीमा बिक्री कार्यालय खोलेर बजार पठाउने गरेको छ । सो उद्योगले हाल १ सय ९५ भन्दा धेरै मोडलका पार्टी सुज, स्पोर्टस सुज, क्याजुअल सुज लगायतका जुत्ता चाइनाबाट आयात गरि रन सुजको नामको स्टीकर टाँसी उपभोक्ता ठगी गर्दै आएको दावी गरेको छ । उनले अन्य व्यवसायीसंग मिली चीनको स्वसाशीत क्षेत्र तिव्वतको खासा बजारतर्फ अमेरिकी डलर, कछुवा, रक्तचन्दन, सुनाखरी, हात्तीको दारालगायत अन्य सामानहरुको निकासी गर्दै आएको समेत तातोपानी स्थित एक व्यवसायीले नाम नलेख्ने सर्तमा बताए ।

उनका अनुसार, सामान्य मजदुर रातारात कम्पनी सञ्चालन गर्नका लागि अबैध कारोबार गरेर पैसा कमाएको र अहिले पनि जुत्ताको कर र आयकर समेत छली गरेको बताएका छन। रन सुज इन्डष्ट्रिजका प्रबन्ध निर्देशक न्यौपानेले चाइनाबाट कम्सल जुत्ता ल्याएर बिक्री गर्दा समेत सम्बन्धित निकाय बेखबर । यसरी दैनिकजसो तिब्बतबाट नेपाल भित्रिएका अधिकांश खासाको सामानमा नक्कली स्टिकर टाँसी बिक्री–वितरण भई रहँदासमेत सोबारेमा सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । यसैगरी रोयल सुजको पनि उही रन सुजकै झै नक्कली जुत्ताचप्पलको बिक्री वितरण गर्दै आएका छन् । उनीहरुसंग पटकपटक सम्र्पक गर्दा फोन रिसिव समेत नगरी बस्ने गरेका छन् ।

#रन सुज : भ्याट छली-वारेण्टीमै किचलो, उपभोक्ता ठगी

नेपाली जुत्ता बजारमा पछिल्लो समयमा निस्किएको रन नामक सुज वारेण्टीको नाममा कमसल चाइनिज जुत्ता बजारमा विक्रि गर्दै आएको रन सुज कम्पनीमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा खुलासा गरेका छन् । रन सुजले रातारात कमसल जुत्तामा आप्mनो लोगो टाँँसेर नेपाली बजारमा सस्तो र गुणस्तरहिन सामानको खासाबाट अयात गरी उच्च गुणस्तरको भन्दै उपभोक्ता ठगी गर्दै आएको आरोप समाचारस्रोतको छ ।

राजधानी लगायत मुलुकको विभिन्न स्थानमा चीनियाँ सामानलाई नेपाली उत्पादन भन्दै लामो समयदेखि बिक्री वितरण हुदै आएको भएपनि सम्बन्धित निकायको अनुगनम नगर्दा उपभोक्ता ठगीमा पर्ने गरेका छन् । रन सुजका उपभोक्ताले ६ महिनाको वारेण्टी भन्दै खरिद गरेको जुत्ता १ महिनामा नै ध्वस्त भएको पिडित उपभोक्ताले प्रमाण प्रस्तुत गरेका छन् ।

आप्mनो नाम सार्वजनिक नगर्ने सर्तमा उनले सो प्रमाण दिएका हुन् । चीनियाँ न्यून गुणस्तरीय जुत्ता, चप्पलको आयातगरी उच्च नेपाली ब्रान्डको भन्दै विना स्वीकृति रन सुजको नाममा व्यापारीले उपभोक्तालाई बिक्री गरेर ठगी गर्दै आएको छन् । रन सुजका प्रमुख रुद्र न्यौपाने एकाएक अबैध कारोबार गरी चीनको खासा बजारबाट कम गुणस्तरको जुत्ता आयात गरी नेपाली स्टिकर टाँसेर बिक्री वितरण गर्ने गरेका छन् । सो जुत्ताको कमजोरीका बारेमा बाहिर आउने भएकाले सिमितलाई बोलाई जुत्तालाई सार्वजनिक गरेका न्यौपाने त्यसपछि भूमीगत रुपमा जुत्ता, चप्पल खासाबाट आयात गर्ने कार्यमा सकृय रहेका छन् । गोप्य रुपमा भक्तपुरको लोकन्थलीमा अस्थायी रुपमा रहेको एक घरबाट चीनबाट आयात गरेका न्यून गुणस्तरको जुत्ता चप्पलमा नेपाली ब्रान्डको स्टिकर टाँस्नेमात्र कार्य हुने गरेको छ ।

सो जुत्ता बजार लगेपछि नेपाली उत्पादनको नाममा न्यूनतम २५ सयदेखि ५ हजार रुपैयाँसम्म बिक्री वितरण हुने गरेको छ । सो जुत्ता चीनियाँ बजारको खासामा न्यूनतम १ सय ५० रुपैयाँमात्र पर्ने गरेको सम्बन्धित व्यवसायीहरुले बताएका छन् । १ सय ५० रुपैयाँमा खरिद गरेको प्रतिजोर सो जुत्ता नेपाली बजारमा आईपुग्दा भाडा, पसलको भाडा र अन्य कर सहित ५ सय रुपैयाँ पर्ने चीनियाँ जुत्ता बिक्री गर्दै आएका एक व्यवसायीले नाम नछाप्ने सर्तमा बताए । सस्तोमा सामान उठाउने र त्यही सामानलाई उच्च ब्राण्ड र नेपाली उत्पादन भन्दै बिक्री बितरण हुँदा समेत सम्बन्धित निकायको ध्यान नपुग्दा लाखौं रुपैयाँ राजस्व गुम्न पुगेको छ । एकातर्फ राजस्व र आयकरमा समेत छली गरेका न्यौपानेले भक्तपुरको जडिवुटी स्थितमा रन सुजको ब्राण्ड विना दर्ता कम्पनीमात्र दर्ता गरेर भूमीगत रुपमा सञ्चालन गर्दे आएका छन् भने ललितपुरको कुपन्डोलस्थित रहेको त्रिकोण अफसेट प्रेसबाट नक्कली नेपाली ब्राण्डको स्टिकर छपाई गर्दै आएका छन् ।

हजारौंको सख्यामा पटक–पटक गरेर सो नक्कली स्टिकर छाप्ने गरेका न्यापानेले छापाखानाको छपाई शुल्क समेत दिन आनाकानी गरेको स्रोतको भनाई रहेको छ । नेपाली व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतको बजारबाट आयात गरेका अधिकांश कमसल सामग्रीमा नेपाली ब्रान्डको हवला दिँदै नक्कली स्टिकर टाँसी उपभोक्ता ठगी गरेको खुलासा हुँदा सम्म सम्बन्धित निकायले छानविन नगर्दा उपभोक्ता दैनिक रुपमा ठगिइ रहेका छन् । लामो समयदेखि नेपाली बजारमा विभिन्न चिनियाँ सामानको आयात गर्दै आएका नेपाली व्यवसायीले चिनियाँ विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक कक्षामा निर्माण गरेको कमसल सामानको आयात गरी सामानमा नेपाली ब्रान्डको नाम दिँदै वर्षौंदेखि उपभोक्ता ठगी गरेको आरोप स्वयं व्यवसायीले लगाएका छन् ।

पछिल्लो समयमा नेपाली उत्पादन भन्दै तयारी पोशाक र जुत्ता, चप्चलहरुमा व्यापारीले ठगी गर्दै आएका छन् । स्थानीय व्यवसायीले दिएको जानकारीअनुसार उत्तरी नाकाबाट रातको समयमा सामान राजधानी ल्याई रातारात सो कमसल सामानलाई नेपाली ब्रान्डको स्टिकर टाँसेर बजार पठाउने कार्यमा विगत लामो समयदेखि व्यवसायीहरु लागि परेका छन् । यसरी चीनबाट कमसल सामानको आयात गरेर नक्कली स्टिकर टाँसी बजार पठाउँदा सो सामानको बजार मूल्य र चिनियाँ सामानको बजार मूल्यमा ठूलो अन्तर पर्नेसमेत उनको दाबी रहको छ । नेपाली जुत्ता बजारमा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग गरी बनाइएका आयातीत तथा अन्य जुत्ताबाट ठगिएका उपभोक्ता, फेसनअनुसारका जुत्ता नपाएर मन खुम्च्याएर बाध्यताबस तिनै जुत्ता लगाउनु बाध्य ग्राहक, गुणस्तरभन्दा महँगो मूल्य तिरेर ठगिएका ग्राहकलाई लक्षित गरेर उत्पादन गरेको सो ब्राण्डको जुत्ता गुणस्तहिन र अत्याधिक मंहगो समेत रहेको छ ।

सो उद्योगको न्युरोडगल्लीमा बिक्री कार्यालय खोलेर बजार पठाउने गरेको छ । सो उद्योगले हाल १ सय ९५ भन्दा धेरै मोडलका पार्टी सुज, स्पोर्टस सुज, क्याजुअल सुज लगायतका जुत्ता चाइनाबाट आयात गरि रन सुजको नामको स्टीकर टाँसी उपभोक्ता ठगी गर्दै आएको दावी गरेको छ । उनले अन्य व्यवसायीसंग मिली चीनको स्वसाशीत क्षेत्र तिव्वतको खासा बजारतर्फ अमेरिकी डलर, कछुवा, रक्तचन्दन, सुनाखरी, हात्तीको दारालगायत अन्य सामानहरुको निकासी गर्दै आएको समेत तातोपानी स्थित एक व्यवसायीले नाम नलेख्ने सर्तमा बताए । उनका अनुसार, सामान्य मजदुर रातारात कम्पनी सञ्चालन गर्नका लागि अबैध कारोबार गरेर पैसा कमाएको र अहिले पनि जुत्ताको कर र आयकर समेत छली गरेको बताएका छन् । रन सुज इन्डष्ट्रिजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले चाइनाबाट कम्सल जुत्ता ल्याएर विक्रि गर्दा समेत सम्बन्धित निकाय बेखबर ।

स्मरण रहोस्, विभिन्न कम्पनीहरुले नेपाली बजारमा चिनियाँ विद्यार्थीले प्रयोगात्मक कक्षामा निर्माण गरेका टेलिभिजन, रेडियो, घडी, स्पिकर, एलसीडी, पेनड्राइभ, भीसीडी प्लेयर, ल्यापटप र रिमोट कन्ट्रोल, तयारी पोशाक र जुत्ता चप्पलजस्ता सामानलाई सो कम्पनीले आफ्नो ब्रान्डको स्टिकर टाँसी महँगो मूल्यमा बिक्री गर्ने गरेको छ । यसरी दैनिकजसो तिब्बतबाट नेपाल भित्रिएका अधिकांश खासाको सामानमा नक्कली स्टिकर टाँसी बिक्री–वितरण भई रहँदासमेत सोबारेमा सम्बन्धित निकायले कुनै चासो देखाएको छै ।

प्रकाशित मिति: Jan 1, 2018

प्रतिक्रिया दिनुहोस्