Logo
१३ बैशाख २०८१, बिहीबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डलरका लागि वर्ष २०१७ खराब, बिट्क्वाइन भने चम्कियो

अमेरिका : यस वर्ष अमेरिकी मुद्रा डलर निकै खराब विन्दुमा आएको छ । वर्ष सकिनै लाग्दा शुक्रवार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलर सूचक घटेर ३ महीनायताकै न्यून विन्दुमा आएको थियो । यो सन् २००३ यताकै तीव्र वार्षिक कमी हो ।

गतहप्ता कर सुधार विधेयक पारित भएपछि अमेरिकी आर्थिक वृद्धिदर दिगो हुनेमा आशङ्का उत्पन्न हुँदा डलरको भाउ घटेको हो । सेप्टेम्बर २२ मा डलर सूचक ९२ दशमलव १२ अङ्कमा आएको थियो । यस वर्ष मुद्रा बजारमा भर्चुअल मुद्रा बिट्क्वाइन र अन्य क्रिप्टोकरेन्सीको भाउमा नाटकीय वृद्धि भए पनि वर्षको अन्त्यमा यिनीहरूको भाउ केही घटेको थियो । आगामी वर्ष विश्वका अन्य प्रमुख केन्द्रीय बैङ्कले स्टिमुलस कटौती गर्ने अपेक्षा गरिएकाले मुद्रा डालोमा रहेका मुद्राका तुलनामा सन् २०१८ मा डलरको भाउ थप घट्ने अपेक्षा गरिएको छ ।

अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले पनि थप ब्याजदर बढाउने सङ्केत दिइसकेको छ । ‘सन् २०१८ मा डलरको भाउमा थप कमी आउनेछ,’ मिसोरीस्थित बैङ्क एभरबैङ्कका अध्यक्ष क्रिस गाफेनेले भने । यूरोजोनमा उच्च मुद्रास्फीति र व्यावसायिक गतिविधिका कारण सन् २०१८ को अन्त्यमा यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले समेत ब्याजदर वृद्धि गर्ने सम्भावना बढ्दा यस वर्ष डलरको तुलनामा यूरोको भाउले १४ वर्षयताकै राम्रो प्रदर्शन ग¥यो ।

यस वर्ष येन, स्टर्लिङ, क्यानडेली डलर, स्वीडिश क्रोना र स्वीस फ्र्याङ्कको तुलनामा समेत डलरको भाउ घट्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक वृद्धिलाई बढाउने आर्थिक एजेण्डा ल्याउने अपेक्षामा वर्षको शुरूमा भने डलर सूचक १४ वर्षकै उच्च विन्दुमा थियो । परम्परागत मुद्राबाहेकका बिट्क्वाइनलगायत अन्य क्रिप्टोकरेन्सीको भाउ शुक्रवार बढेका छन् ।

क्रिप्टोकरेन्सीमा पछिल्लो समय भइरहेको सट्टेबाजी रोक्न अन्य देशका नियामकहरूले पनि यसको कारोबारमा कडाइ गर्ने सङ्केतबीच अघिल्लो २ दिनमा भचुर्अल मुद्राको भाउ घटेको थियो । बिटस्ट््याम्प एक्सचेञ्जमा शुक्रवार बिट्क्वाइनको भाउ १ दशमलव ११ प्रतिशत बढेर १४ हजार ५ सय ८८ डलर ४० सेण्ट कायम भएको छ । यद्यपि, यो १२ दिनको १९ हजार ६ सय ९९ को कीर्तिमानी बिन्दुभन्दा निकै तल हो । यद्यपि, यसको भाउ यस वर्ष १ हजार ४ सय प्रतिशत माथि छ ।

नयाँ वर्षको सार्वजनिक बिदाका कारण विश्वका अधिकांश स्थानमा सोमवार शेयर बजार बन्द रहनेछन् । एजेन्सी

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्