Logo
८ बैशाख २०८१, शनिबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६ हजार नेपाली मलेसियाबाट फिर्ता

काठमाडौं : गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली मलेसियाबाट स्वदेश फर्किएका छन् । मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आज सम्म रहेको र यो अवधीमा सो बराबरका गैरकानुनी तवरले बसेका नेपाली स्वोदेश फर्किएका हुन ।

मलेसियाली सरकारले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना रिहायरिङ कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो ।

उक्त अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ ।दूताबासका एक अधिकारी भन्छन्–  वैदेशिक रोजगारीका क्रममा मलेसिया आएपछि विभिन्न कारण गैरकानुनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएका छन् ।

दूतावासको तथ्यांकअनुसार यस वर्ष उक्त संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो । गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ ।

त्यस्तो पत्रका लागि कामदारले १ सय ६० रिंगिट शुल्क तिर्नुपर्छ । तीबाहेक आफूसँग भिसा नभएको, तर राहदानी भएकाहरूले भने यात्रा अनुमतिपत्र लिनु पर्दैन ।

उनीहरूले सोही राहदानीमा आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाई टिकट मिलाई नेपाल फर्कन सक्छन् ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्