Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रवेशपत्र नपाएपछि ढाकामा नेपाली विद्यार्थीले गरिन् आत्महत्या

बंगलादेशको ढाकाको डेन्टल चिकित्सा पढ्दै गरेकी एक नेपाली बिद्यार्थीले आत्महत्या गरेकी छन् । बंगलादेशको ढाकाको पाईनर डेन्टल कलेजमा पड्दै गरेकी नेपाली विद्यार्थी बेनिषा शाहले मंगलबार आत्महत्या गरेकी हुन् । शिक्षक र कलेज प्रसासनको आत्याधिक तनाब सहन नसकेर आत्महत्या गरेको मृतक शाहकी साथीले त्यहाका स्थानीय पत्रकार तथा प्रहरीलाई बयान दिएका छन् ।

कलेज प्रसासनले दोस्रो र्टिमनल परिक्षाका लागि प्रवेश पत्रका दिन अनाकानी गरेका थिए । प्रवेशपत्र पाउने भए तुरन्त रु.२ लाख ब्यवस्था गर्नुपर्ने क्याम्पस प्रशासनले बताएपछि उनी चिन्तित बनेकी थिइन् । शुल्क बुझाउन नसक्दा उनी परिक्षामा समेत सामेल हुन सकेकी थिइनन् ।

बंगलादेशको बक्रा भन्ने स्थानमा आफु बस्दै गरेको होस्टेलमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको हो । बिनीषा पाईनर डेन्टल कलेजको २२ औं ब्याच का बिद्यार्थी हुन् भने उनि तेस्रो बर्षमा अध्यनरत थिइन् ।घटनाबारे अनुसन्धान भइरहेको र उनको शवलाई ढाका मेडीकल कलेजको शवगृहमा राखिएको प्रहरीले जानाएका छन् ।

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्