Logo
७ बैशाख २०८१, शुक्रबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमा गोली चल्यो, एक महिला घाइते

काठमाडौं: राजधानीको टोखामा गोली चलेको छ । गोली लागेर एक महिला घाइते भएकी छिन् । गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिवेस लोहनीका अनुसार महाशाखाको टोलीसमेत घटनास्थलतर्फ गएको छ । गोली जंगलबाट चलेको बताइएको भए पनि घटनाको थप विवरण आउँन बाँकी छ । घाइते महिलालाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएको छ।

 

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्