Logo
१३ बैशाख २०८१, बिहीबार
(December 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुसिकोटको वामी मैदानमा बस पुग्दा बाजागाजाले स्वागत

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका ८ वामी मैदानमा पहिलो पटक बस पुगेको छ । वामी मैदानमा पहिलो पटक लु १ ख ४३२२ नम्बर बस पुगेको छ । कच्ची सडकमा बस गुडाउन समस्या भएपनि गाउँका जनताको सेवाका लागि बस संचालनमा ल्याइएको वडाका वडाध्यक्ष नारायण सापकोटाले बताए । साथै उनले नियमित बस सेवा सञ्चालन गर्ने बिषयमा समितिसँग थप प्रक्रिया अगाडि बढेको बताए ।

साना सवारीका साधन गुड्न थालेको धेरै वर्ष भयो । तर, अहिले ठुला यातयातका साधन गाउँमा पुगेपछि स्थानीय खुसी भएका छन् । पहिलो पटक बस गाउँमा पुगेपछि वामी मैदानवासीले बाजागाजासहित हर्षाेल्लासका साथ बस र चालकलाई स्वागत समेत गरेका छन् ।

भर्खरै निर्वाचित गुल्मी क्षेत्र नं २ का सांसद तथा एमाले सचिव गोकर्ण बिष्ट र सोही क्षेत्रका प्रदेश नं २ का सांसद खडग केसीले संयुक्त रुपमा रिबन काटेर बस सेवा सुरु गरेका थिए । सधै साना सवारीहरुमा जोखिमपुर्ण रुपमा यात्रा गर्न बाध्य स्थानीय बसमा यात्रा गर्न पाउले खबरले हर्षित भएको वामी मैदानका युवा उज्जल खत्रीले बताए । यो सेवालाई व्यवस्थित र नियमित गराउने कुरामा नेतृत्वले पहल गर्नुपर्ने उनले बताए ।

बस सेवाको उद्घाटन गर्दै निर्वाचित सांसद बिष्ट तथा केसीले बस सेवा नियमित बनाउन सडक निर्माण कार्यका लागि पहल गर्ने बताए । ‘जिल्लामा जनताकै माग अनुसार धेरै सडक निर्माण भए तर, स्तरीय बन्न सकेनन् । अबको प्रमुख काम सडकको स्तरवृद्धि हो ।’ नवनिर्वाचित सांसद बिष्टले भने । उनले पूर्वाधार निमार्णका लागि रकम अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: Dec 19, 2017

प्रतिक्रिया दिनुहोस्