Logo
७ बैशाख २०८१, शुक्रबार
(December 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारलाई सासूआमाको आशिर्वाद– अब प्रधानमन्त्री हुनू

बिराटनगर : एमाले नेतृ भगवती चौधरीलाई हराउँदै प्रतिनिधिभाको चुनाव जितेका विजयकुमार गच्छदारलाई सासूआमा पम्फादेवी श्रेष्ठले टाउको हात राखेर आर्शिवाद दिँदै भनिन्– ‘अब देशको प्रधानमन्त्री हुनू ।’ गच्छदारलाई सासूआमाले माला र टीका लगाएर आशिर्वाद दिइन् ।

सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव जितेका गच्छदार बिराटनगरस्थित नेपाल राष्ट्र बैंकको आवास गृहमा बसेका थिए ।उपप्रधानमन्त्रीका रुपमा सरकारी आवासमा बसेका गच्छदारले चुनाव जितेपछि पत्रकारसँग बोल्न मानेनन् । उनले केहीबेरमा इनरुवा पुगेपछि मिडियालाई प्रतिक्रिया दिने बताए । त्यसैगरी सुनसरीको रामगञ्ज बेलगाछिया निवासी कांग्रेस निकत किसान संघका नेता ८४ वर्षीय प्रेमबहादुर गौतमले नवनिर्वाचित गच्छदारलाई आर्शिवाद दिए ।

पारिवारजनबाट आशिर्वाद लिएपछि गच्छदारले बिराटनगरमै खाना खाए । र, उनी निर्वाचन कार्यालयले वितरण गर्ने प्रमाणपत्र लिन एवं मतदातालाई धन्यवाद दिन सुनसरीको सदरमुकाम इनरुवातिर लागेका छन् । सुनसरी जान लागेका गच्छदारलाई प्रमुख जिल्ला अधिकारीले गाडी पठाइदिएका थिए ।

तर, उनले सिडियोको गाडी फर्काइदिएका छन् । उनी प्राइभेट गाडीबाट इनरुवातर्फ लागेका छन् भन्दै अनलाइनखबरमा समाचार छ ।  प्रतिनिभिसभाको सबैभन्दा पछिल्ला विजयीका रुपमा गच्छदार निर्वाचित भएका छन् । उनले ३८९७२ मत ल्याएर जितेका छन् । उनीसँग निकटत प्रतिद्वन्द्वी रहेकी भगवती चौधरीले ३८६५१ मत प्राप्त गरेकी थिइन् ।

प्रकाशित मिति: Dec 13, 2017

प्रतिक्रिया दिनुहोस्