Logo
१२ बैशाख २०८१, बुधबार
(December 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः यसरी जिते विजयकुमार गच्छेदार

भगवती ३२१ मतले पराजित
सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेद्वार बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।शुरुदेखि नै अग्रता कायम गरेकी एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् ।गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनको निकटतम प्रतिस्पर्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् । बिजय गच्छदारको यो छैटौं अपराजित यात्रा हो ।

सदाबहार खेलाडी
नेपाली राजनीतिका सदाबहार खेलाडी हुन् विजयकुमार गच्छेदार । सत्ताबाट सायदै टाढा नभएका उनले आफूविरुद्धका हरेक प्रहारलाई निस्तेज पादै आएका छन् । यसपटकको चुनावमा गच्छेदारको हारको नजिक पुगेका थिए । मतगणना अन्तिम चरणमा पुगिसक्दा समेत उनी एमालेकी भगवती चौधरीभन्दा पछाडि थिए । मतान्तर कम गर्दै अन्तिम समयमा गच्छेदार ३२१ मतले जित हासिल गर्न सफल भए ।

छ पटक लगातार चुनाव जितेका उनी चारपटक नेपाली काँग्रेसको चिन्हमा चुनाव जिते । यसअघि मधेशी जनअधिकार फोरम र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको चुनाव चिन्हमा जितेका थिए । यसबाट उनी पार्टी भन्दा व्यक्तिगत प्रभावका कारण चुनाव जित्न सक्ने नेताको परिचय बनाउन सफल भए ।

गच्छेदार पटक पटक उपप्रधानमन्त्री बने । गृह, भौतिक, स्थानीय, संचार जस्ता आकर्षक मन्त्रालय सम्हालेका उनीसँग रणनीतिक चार्तुयता समेत छ । स्पष्ट बोल्ने स्वभावका उनलाई धेरैले राष्ट्रवादी नेताका रुपमा समेत चिन्छन् । क्षेत्रीयतावादी र जातिवादी मुद्यालाई गच्छेदारले कमैमात्र प्राथमिकतामा राखे । मधेश र पहाडबीच आफूले सेतुको काम गरेको दाबी समेत गर्छन् ।

कुटनीतिमा समेत गच्छेदार अब्बल छन् । यही क्षमताले राजनीतिको केन्द्रबिन्दुमा सधै प्रभावशाली बने । बिग्रेको सम्बन्ध सुधार्न चार्तुयता देखाउँदै आएका छन् । गच्छेदार निकटस्थहरूलाई संरक्षण दिन कुनै कसर बाँकी राख्दैनन् । आफू नजिककालाई व्यवस्थापन गर्न समेत खप्पिस छन् । सिंगो काँग्रेसभित्र विरोध हुँदै गर्दा उनले विवादास्पद गणेश लामालाई प्रदेशसभातर्फको टिकट दिलाउन सफल भए ।

काँग्रेस प्रवेश गरेपछि उनले आफू निकटस्थहरूलाई समानुपातिकमा सांसद बन्ने पक्कापक्की गरेर नाम दर्ता गराउन सफल भए । गच्छेदारले लगातार छ पटक चुनाव जित्ने इतिहास बनाएर देउवासँग बराबरी गरेका छन् । चुनौतीहरूलाई चिर्दै चुनाव जितेकाले उनको भावी राजनीति बलियो हुने आँकलन गरिदैछ । तर, गुटमा केन्द्रित हुने, भर्खर काँग्रेस फर्किएको र जनतामाझ खासै लोकप्रीय हुननसक्नुले सहज छैन ।

 

 

प्रकाशित मिति: Dec 13, 2017

प्रतिक्रिया दिनुहोस्