Logo
१२ बैशाख २०८१, बुधबार
(December 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मर्निङवाक जाँदा दुवईमा एक नेपालीको मृत्यु

युएई । रोजगारीका लागि युएई आएका एक नेपालीको मर्निङवाकका क्रममा ज्यान गएको छ । युएईमा रहेको केएम ट्रेडिङ कम्पनीमा स्टोर इन्चार्जको रुपमा कार्यरत वाङ्ला ५ सिउडेनी अर्घाखाँचीका मेघराज अधिकारीको दुवईमा ज्यान गएको हो ।

गएको मंगलबार दुवईको जबिलाली डिआपी पार्कमा मर्निङवाकमा निस्किएका अधिकारीको शव सडकको छेउमा भेटिएको हो । उच्च रक्तचाप तथा मधुमेहका बिरामी भएकाले उनी दैनिक मर्निङवाक जाने गर्दथे । १६ वर्ष अगाडि उनी युएईमा स्टोर किपरको काममा आएका थिए । सुरुमा आबुधाबीमा कार्यरत अधिकारी २ वर्ष अघि स्टोर इन्चार्जको रुपमा बढुवा भएर दुवई सरुवा भएका थिए ।

मृतकको अव अनुसन्धानका लागि दुवईको अल रशिद अस्पतालमा राखिएको यूएईबाट पत्रकार उमाकान्त पौडेलले बताएका छन् । प्रहरी र अस्पतालको रिपोर्ट आएपछि मात्रै शव नेपाल पठाउन सकिने युएईस्थित नेपाली दूतावासले जनाएको छ । मृतक अधिकारीका श्रीमती र तीन छोरी छन् ।

प्रकाशित मिति: Dec 13, 2017

प्रतिक्रिया दिनुहोस्