Logo
१५ चैत्र २०८०, बिहीबार
(December 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८४ क्षेत्रको मतपरिणाम, एमाले अग्रस्थानमा

काठमाडौं । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि जारी मतगणनामा प्राप्त परिणाममा नेकपा एमाले सबैभन्दा बढी सीट जित्दै अग्रस्थानमा रहेको छ । बिहीवार दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै शुरू भएको मतगणनामा वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका उम्मेदवारहरू केन्द्र र प्रदेश दुबै सभाका लागि अधिकांश निर्वाचन क्षेत्रमा विजयी भएका छन् ।

नेपाली काङ्ग्रेस जारी मतगणनामा वाम गठबन्धनभन्दा पछाडि परेको छ । पहाड र हिमाली जिल्लाका निर्वाचन क्षेत्रमा वाम गठबन्धन र काङ्ग्रेस उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा रहेको छ भने तराई मधेशका अधिकांश स्थानमा मधेशी गठबन्धनसहित त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ ।

प्रतिनिधिसभाका लागि १ सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० निर्वाचन क्षेत्रमा भएको निर्वाचनको मतगणना जारी छ । आइतवार विहान १० बजेसम्म प्रतिनिधिसभातर्फ प्राप्त विवरणअनुसार ८४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

१० बजेसम्मको विवरण अनुसार नेकपा एमालेले ४७, माओवादी केन्द्रले १८, नेपाली काङ्ग्रेस १०, नयाँ शक्ति पार्टी १, सङ्घीय समाजवादी फोरम नेपाल ३, राजपा ३ र स्वतन्त्र २ जना उम्मेदवार विजयी भएका छन् । कुल १ सय ६५ सांसदका लागि १ हजार ९ सय ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

यस्तै, प्रदेशसभातर्फ १ सय ६७ उम्मेदवार विजयी भएका छन्, जसमा एमाले अग्रस्थानमा रहेको छ भने माओवादी दोस्रो र काङ्ग्रेस तेस्रो स्थानमा रहेको छ । ३ सय ३० सांसदका लागि ३ हजार २ सय ३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

प्रकाशित मिति: Dec 10, 2017

प्रतिक्रिया दिनुहोस्