Logo
१२ बैशाख २०८१, बुधबार
(December 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छैटौं पटक गृहजिल्लाबाट प्रधानमन्त्री देउवा विजयी

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदमा फराकिलो मतान्तरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी वाम गठवन्धनका माओवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ६ सय ८६ मतअन्तरमा पराजित गरेका छन । देउवाले २८ हजार ४४ मत प्राप्त गरेको छन् । उनका निकटतम प्रतिद्वन्द्वी भट्टले २१ हजार ४४ मत प्राप्त गरेका छन् ।

एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवा ०४८ सालदेखि निरन्तर जित्दै आएका छन् । भारी मतान्तरमा जित्दै आएका देउवाका निकटतम प्रतिद्वन्दीमा ०६४ सालको पहिलो संविधानसभाबाट माओवादी केन्द्रका भट्ट बन्दै आएका छन् । भट्ट २०६४ सालको संविधानसभाको निर्वाचनमा देउवासँग निकै थोरै १ हजार ३ सयको मतान्तरमा पराजित भएका हुन् । त्यसपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनको बेला पनि माओवादी केन्द्रका भट्ट नै निकटतम प्रतिद्वन्द्वी हुन् । दोस्रो पटकको प्रतिस्पर्धामा अहिलेको भन्दा बड्ता मतान्तरमा देउवाले भट्टलाई पराजित गरेका थिए । वाम गठबन्धनबाट पुन: तेस्रो पटक भट्ट चुनावी मैदानमा उत्रेपछि देउवालाई जित्न चुनौती थपिएको थियो ।

प्रकाशित मिति: Dec 10, 2017

प्रतिक्रिया दिनुहोस्