Logo
१२ बैशाख २०८१, बुधबार
(December 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर २ बाहेक देशभर मतगणना सुरु

काठमाडौं : पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा साँझ पाँच बजेदेखि मतगणना सुरु भएको छ। पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र प्रदेश सभाका ७४ क्षेत्रमा मंसिर १० गते निर्वाचन भएको थियो। पहिलो चरणमा ६५ प्रतिशत मत खसेको थियो।

सिन्धुपाल्चोकमा मतगणनाको तयारी पूरा भएको छ। उम्मेदवार तथा प्रतिनिधिहरु गणनास्थलमा आइपुगेका छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा मतगणनाको तयारी सुरु भएको छ।

क्षेत्र नम्बर १ को महिला तथा बालवालिका कार्यालयमा र २ को जिल्ला समन्वय समितिको कार्यालयमा तारबार सहित गणना सुरु गर्न लागिएको हो। मत गणना गर्ने कर्मचारी जाली भित्र छन् भने दल तथा उमेद्धवारका प्रतिनीधि जाली बाहिर छन्।

गोरखा २ पहिलो चरण निर्वाचनको सबैभन्दा चर्चित क्षेत्र हो। यो क्षेत्रबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई प्रतिस्पर्धामा छन्। सो क्षेत्रको मतगणना पनि सुरु गरिएको छ।

जाजरकोटमा पनि मतगणना सुरु भएको छ। जिल्ला सदरमुकाममा राखिएका मतपेटिका गणनाका लागि खोलिएको छ। दार्चुलामा पनि मगणना केही बेरमा सुरु हुँदैछ।

दोलखामा अहिले साँझ ५ बजे देखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ। मतगणनाको सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो। मुख्य निर्वाच्न अधिकृत एवं जिल्ला न्यायधिश प्रकाश कुमार काफ्लेका अनुसार जिल्ला अदालत परिसरमा ती कोठा बनाएर मतगणना गरिँदैछ।

रसुवामा पनि मतगणनाको सम्पूर्ण तयारी पुरा भएको छ। बझाँङमा मतगणना सुरु भएको छ।

खोटाङबमा मत गणनाका तार जाली सहितको फलामे बार हालिएको छ। बिहिबार बेलुका ७ बजेबाट सुरु हुने मत गणनास्थलको सुरक्षाका लागि फलाममा डण्डी र तार जालीले बार हालिएको हो। मत गणनाकाक्रममा सहभागी हुने उम्मेद्वारका प्रतिनिधिलाई सो तारजालीको बारभन्दा बाहिर राखेर मत गणना गरिने सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताए।

ओखलढुंगामा बिहीबार साँझ ५ बजेपछि मतगणना सुरु हुँदैछ। मत गणनाका लागि सम्पूर्ण तयारी पूरा भएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

७ मध्ये ६ वटा प्रदेशमा भएको पहिलो चरणमा निर्वाचन भएका जिल्ला र निर्वाचन क्षेत्र निम्न छन्:

प्रदेश नं १ः

सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ

प्रदेश नं ३ः

नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप

प्रदेश नं ४ः

मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,

प्रदेश नं ५ः

रूकुम ९पूर्वी भाग० र रोल्पा

प्रदेश नं ६ः

रूकुम ९पश्चिम भाग०, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा

प्रदेश नं ७ः

दार्चुला, बझाङ, बाजुरा र वैतडी ।

प्रकाशित मिति: Dec 7, 2017

प्रतिक्रिया दिनुहोस्