Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिवपुजन रायले चुनाव लड्न नपाउने, आयोगकै निर्णय सदर

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ । बाम गठबन्धन तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका नेता यादवले चुनावमा उठ्न पाउँ भन्दै सर्वोच्च अदालतमा गरेको मागलाई सर्वोच्चले अस्वीकार गरेको हो ।

न्यायाधीशहरु दिपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले उनको मागलाई अस्वीकार गरेको हो । बुधवार बसेको इजलाशले निर्वाचन आयोगको निर्णयलाई नै सदर गरेको छ ।

यसअघि सभासद रहंदा रातो पासपोर्ट काण्डमा भ्रष्टाचार गरेको अभियोगमा बिशेष अदालतबाट दोषी ठहर भएका यादवले दिएको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधिन भएका कारण आफू चुनावमा उठ्न योग्य भएको उनको दावी थियो ।

बिशेष अदालतले दोषी ठहर गरेका कारण निर्वाचन आयोगले यादवको उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्च अदालतले रिट निवेदनमा उठाईएका विषयहरु अन्तिम टुङ्गो लाग्दा विवेचनानै हुने उल्लेख गरेको छ ।
पहिलो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सभासद रहेका यादव माओवादी प्रवेश गरेर सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

सर्वोच्चले निर्वाचन हुनु एकदिन अघि रायको उम्मेदवारीका सम्बन्धमा बुधवार छलफल गर्न निर्वाचन आयोगलाईसमेत बोलाएको थियो । निर्वाचनको १० दिन अघि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि यादवले सर्वोच्चमा रिट हालेका थिए ।

प्रकाशित मिति: Dec 6, 2017

प्रतिक्रिया दिनुहोस्